AArya
RUMPUM
animated ellipse animated ellipse

बलिउडका प्रसिद्ध अभिनेता ओम पुरीको निधन

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२२ पुष २०७३, शुक्रबार १४:३७
3
Shares
२२ पुस,मुम्बई /बलिउडका प्रसिद्ध अभिनेता ओम पुरीको आज शुक्रवार बिहान निधन भएको छ ।
६६ वर्षीय अभिनेता पुरीको ह्दयघातका कारण निधन भएको भारतीय सञ्चार माध्यमले जनाएको छ ।
पञ्जाबको पटियालामा प्रारम्भिक शिक्षा लिएका अभिनेता पुरीले सन १९७३ मा राष्ट्रिय नाट्य विद्यालयवाट स्नातक गरेका थिए ।
१९७६ मा पुणे फिल्म संस्थानवाट प्रशिक्षण लिएका अभिनेता पुरीले डेढ वर्ष अभिनय प्रशिक्षण लिएका थिए । त्यसपछि उनले निजी थिएटर ‘मजमा’ स्थापना गरे ।
सन १९७६ मा मराठी फिल्म घासीराम कोतवालवाट करिअर सुरु गरेका थिए । ३ सय बढी हिन्दी फिल्ममा काम गरेका अभिनेता पुरीले हलिउड फिल्ममा समेत अभिनय गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर