AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

माघ ७ भित्र तीनवटै निर्वाचन सम्पन्न गर्नुपर्छः नेता सिटौला

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२१ पुष २०७३, बिहीबार १९:०१
3
Shares
२१ पुस,इनरुवा /सुनसरी सदरमुकाम इनरुवामा नेपाल प्रेस युनियन सुनसरी शाखाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा नेता सिटौलाले अहिलेको संसदको माघ ७ गतेसम्म मात्र कार्यकाल भएकाले सो समयभित्र सबै तीन तहकै निर्वाचन गर्नुपर्नेमा जोड दिए।
चैतभित्र स्थानीय तहको निर्वाचन गर्नुपर्नेमा जोड दिँदै नेता सिटौलाले सो सम्भव नभए आगामी वैशाखभित्र स्थानीय निकायको निर्वाचन गर्नुपर्ने बताए।
लामो समयदेखि स्थानीय निकायको निर्वाचन हुन नसक्दा स्थानीयहरुले विभिन्न समस्या झेल्नुपरेकाले सो अवधिभित्र स्थानीय, प्रदेश र केन्द्रको निर्वाचन गर्नुपर्ने उल्लेख गरे।
नेता सिटौलाले स्थानीय निकायको निर्वाचन गर्दा पुरानो संरचना वा नयाँ संरचना जुन सम्भव हुन्छ त्यसै अवस्थामा निर्वाचन गर्नुपर्ने बताए।
मुलुक हाँक्न सक्षम नेताको अभावले मुलुकको वर्तमान राजनीति स्थिर हुन नसकेको बताउँदै उनले पार्टीभित्र मात्रै नभएर सम्पूर्ण दललाई मिलाएर अघि बढ्न सक्ने नेताको अभाव सिङ्गो मुलुकले महसुस गरिरहेको बताए।
गिरिजाबाबुको अभाव सबैले महसुस गरेको बताउँदै उनले वर्तमान राजनीति खिचातानी उन्मुख देखिनुमा सक्षम नेतृत्वको अभाव रहेको प्रष्ट्याए। रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर