अनिल श्रेष्ठ
२१ पुस, विराटनगर/ छैठौ संस्करणको मिस पूर्वेली सुपर मोडल २०१७ हुने भएको छ ।
ए–वान इन्टरटेनटमेन्टको आयोजनामा विराटनगरमा विगत पाँच वर्षदेखि निरन्तर रुपमा हुँदै आएको मिस पूर्वेली सुपर मोडलको छैठौ संस्करणको पहिलो अडिसन आगमी माघ ८ गते विराटनगरमा हुने भएको हो ।
आयोजकले आज बिहीबार विराटनगरमा पत्रकार सम्मेलन आयोजना गरी प्रतियोगिताको तयारी धमाधम भइरहेको चेयरपर्सन निराजन लुईटेलले जानकारी दिए । १६ देखि २५ वर्ष उमेर समूहका अविवाहित किशोरीहरुले यो प्रतियोता सहभागि हुन पाउनेछन् । प्रतियोगिताको बिजेताले स्कुटर र विभिन्न गिफट ह्याम्पर प्राप्त गर्ने चेयरपर्सन लुईटेल जानकारी दिए ।
किशोरीहरुमा भएको प्रतिभा प्रस्फुटन गर्नेको साथै उनीहरुको व्यक्तित्व विकास गराउने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताको फस्ट रनरअफ र सेकेन्ड रनरअफलाई स्मार्ट मोबायल प्राप्त गर्नेछन् । मिस पूर्वेली सुपर मोडल हुनेले मिस नेपालमा सो त सहभागी हुन पाउनेछन् ।
विराटनगरमा पहिलो अडिसन भएर पूर्वाञ्चलको विभिन्न सहरहरुमा अरु अडिसन हुने बताइएको छ । पूर्वाञ्चलको धरान, इटहरी, दमक र विर्तामोडमा छनौट चरणको अडिसन हुने भएको छ । अडिसनबाट व्यतित्व र उत्कृष्ट प्रतिभा प्रस्तुत गर्ने किशोरीलाई छनौट गरी फाइनलको लागि छनौट हुने भएका छन् । फाइनलमा छनौट भएका प्रतियोगिहरुलाई विराटनगरमा बन्द प्रशिक्षण दिनेछ ।
प्रशिक्षणमा व्यक्तित्व विकास, सामाजिक दायित्व देखि लिडरसिप कसरी गर्नेसम्मको जानकारी गराउने कोरियोग्राफर सपना राजवंशीले जानकारी दिइन् । आगामी फागुन १४ गते विराटनगरमा यो प्रतियोगिताको फाइनल हुनेछ ।
प्रतियोगिताको कोरियोग्राफर सपना राजवंशी र मोडल सुम्निमा खापुङ लिम्बुले गर्ने भएकी छिन् ।
मिस पूर्वेली सुपर मोडलको सन २०१२ को बिजेता धरानकी आरती दाहाल, सन २०१३ मा विराटनगरकी पन्डिता राई, सन २०१४ मा विराटनगरकै रेष्मा घिमिरे, सन २०१५ सुम्निमा खापुङ र सन २०१५ मा मोनिका लिम्बुले उपाधि जितेका छन् ।