AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

संशोधन नगरि कुनैपनि निर्वाचन आफुहरुलाई मान्य नहुने– महातो

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२० पुष २०७३, बुधबार १६:२४
3
Shares
२० पुस, विराटनगर /सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संविधान संशोधन नगरि हुने कुनैपनि निर्वाचन आफुहरुलाई मान्य नहुने बताएका छन् ।
आज बुधबार विराटनगरमा भएको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष महतोले मोर्चाले उठाएका मागहरुलाई समावेश गरेर संशोधन प्रस्ताव परिमार्जन गरी संविधान संशोधन गर्नुपर्नेमा पनि जोड दिए । उनले आफुहरु निर्वाचनको बाधक नभएको बताउँदै मोर्चाले उठाएका मागहरुलाई संशोधन प्रस्तावमा समावेश गरेर सरकारले निर्वाचनको वातावरण तयार गर्नुपर्ने बताए ।
गएको १० बर्षदेखि मधेशी जनतालाई अल्झाएर झुक्याउने काम भइरहेको भन्दै अध्यक्ष महतोले आदिवासी जनजाति र मधेसी सबैको स्वामित्व हुने गरि संविधान संशोधन गर्नुपर्ने बताएका हुन् ।
अदालतको हालै आएको निर्णयले राजनीतिक समस्या समाधान गर्न थप बाटो खुल्ला भएको बताउँदै उनले एमाले जिम्मेबाररुपमा प्रस्तुत हुनुपर्ने बताए । उनले एमालेले संघीयता र मधेसको बिरुद्धमा काम गरिरहेको दाबी गर्दै आफुलाई नसच्याए मधेशबाट एमालेलाई जनताले बिदाइ गर्ने टिप्पणि समेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर