सातौ राष्ट्रिय खेलकुद– पुरुष क्रिकेटमा एपिएपले आर्मीलाई १ सय २२ रनको लक्ष्य दियो
पूर्वाञ्चल खबर
१५ पुष २०७३, शुक्रबार १४:५७
3
Shares
१५ पुस, विराटनगर / पूर्वाञ्चलमा जारी वृहत सातौ संस्करणको राष्ट्रिय खेलकुद अन्तर्गत अहिले भइरहेको पुरूष क्रिकेटको फाइनलमा विभागिय टीम एपिएपले विभागिय टीम आर्मीलाई १ सय २२ रनको लक्ष्य दिएको छ ।
मोरङको वैजनाथपुर खेल मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको शसस्त्र प्रहरीको एपिएपले निर्धारित २० ओभरमा ९ विकेट गमाई १ सय २१ रनको सामान्य योगफल खडा गरेकोे छ । एपिएफका कप्तान पारस खडकाले ३८ बलमा १ छक्का र १ चौका प्रहार गरी ३३ रन र भुवन कार्कीले १२ बलमा १ छक्का र २ चौका प्रहार गरी नटआउट २४ रनको योगदान गरेका थिए ।
नेपाली सेनाको त्रिभूवन आर्मी क्बलका विक्रम सोवले ४ ओभरमा १४ रन दिएर २ विकेट र सोमपाल कामीले ४ ओभरमा २१ रन दिएर २ विकेट लिएका थिए ।