AArya
RUMPUM
animated ellipse animated ellipse

सातौ राष्ट्रिय खेलकुद– पुरुष क्रिकेटबोे उपाधिकालागि एपिएफ र आर्मी भिड्ने

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१४ पुष २०७३, बिहीबार १७:०३
3
Shares
तस्वीर सौजन्य विकाश कार्की
पुष्पराज थपलिया
१४ पुस, विराटनगर / पूर्वाञ्चलमा जारी वृहत सातौ संस्करणको राष्ट्रिय खेलकुद अन्तर्गत पुरूष क्रिकेटमा दूई विभागिय टीम एपिएफ र आर्मी विच उपाधि भिडन्त हुने भएको छ ।kpमोरङको वैजनाथपुर खेल मैदानमा आज बिहिबार भएको पहिलो सेमीफाइनलमा मध्यमाञ्चलको चुनौती ८ विकेट पन्छाउँदै विभागिय टीम एपिएफ उपाधि नजिक प्रवेश गरेका  हो ।
टस जितेर ब्याटिङ गरेको मध्यमाञ्चलले निर्धारित २० ओभरको खेलमा सवै विकेट गमाई ६१ रनको झिनो योगफल तयार पारेको थियो । मध्यमाञ्चलका हरीशंकर साहले २१ रन रनबाहेक अन्यले सम्झनलायक प्रदर्शन गर्न सकेनन् ।
एपिएफका करण केसी र बसन्त रेग्मीले २–२ विकेट तथा शक्ती गौचन,पारस खडका,यज्ञमान कमाल र भुवन कार्कीले समान १ विकेट लिएका थिए ।
जवाफमा ६२ रनको झिनो लक्ष्य पछ्याएको एपिएफले ९ दशमलव ३ बलमा २ विकेट गुमाई सो विजय लक्ष्य पार गरेको थियोे । एपिएफका प्रदिप ऐरीले २४ बलमा ४ चौका गरी नटआउट ३३ रन,पृथू बास्कोटाले नटआउट ९, हारिफ शेखले ८ रन र सुवाश खकुरेलले २ रनको योगदान दिएका थिए । एपिएफका दवै विकेट मध्यमाञ्चलका रशिद खानले लिएका थिए ।
अन्तिम सेमीफाइनल खेलमा विभागिय टीम आार्मीले अर्काे विभागिय टीम नेपाल पुलिस क्लबलाई ८ विकेट पन्छाउँदै  उपाधि नजिक प्रवेश गरेका  हो ।
 टस जितेर ब्याटिङ गरेको पुलिसले निर्धारित २० ओभरमा सवै विकेट गमाई १ सय ४४ रनको योगदान दिएका थिए ।
पुलिसका प्रेम तामाङले ३७ बलमा ४ चौका प्रहार गरी ३५ रन र दिलिप नाथले २५ बलमा १ छक्का र ३ चौका प्रहार गरी ३२ रनको योगदान गरेका थिए । आर्मीका सोमपाल कामीले ४ ओभरमा २५ रन दिएर ३ विकेट तथा विक्रम सोव र चन्द्र साउदले २–२ विकेट लिएका थिए ।
जवाफमा १ सय ४५ रनको लक्ष्य पछ्याएको आर्मीले १८ दशमलव ३ बलमा २ विकेट गमाई सो विजय लक्ष्य पार गरेको थियो । आर्मीका अनिल मण्डलले ५४ बलमा ६ चौका प्रहार गरी नटआउट ६२ रन, सागर पुनले ४८ बलमा १ छक्का र ७ चौका प्रहार गरी ५९ रन, राजु रिजालले नटआउट ६ रन र नरेश बुढाएरले ५ रनको योगदान दिएका थिए ।
 आर्मीका सागर पुन र अनिल मण्डलले पहिलो विकेटकालागि ८९ बलमा १ सय १४ रनको ठोस सुरुवात गरी टिमलाई महत्वपूर्ण विजयी बनाई फाइनलको यात्रा गराएका छन् यता पुलिसका मन्जित श्रेष्ठ र दिपेन्द्र ऐरीले समान १ विकेट लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर