१३ पुस,विराटनगर / विराटनगरको दिल्ली पब्लिक स्कुलका बुधबार सम्पन्न भएको सातौं राष्ट्रिय खेलकुदको पुरुष हक्कीमा नेपाली सेना च्याम्पियन बनेको छ ।
आर्मीले सुदूरपश्चिमाञ्चललाई २–० गोल अन्तरले पराजित गरी स्वर्णपदक हात पा¥र्यो । जीतका लागि नेपाली सेनाको तर्फबाट सत्यनारयण चौधरी र अमित श्रीवास्तबले गोल गरे ।
उपबिजेता बनेको सुदूरपश्चिमाञ्चलले रजत पदकमै चित्त बुझाउनुप¥र्योे भने कास्य पदक मध्यमाञ्चलले पायो ।
महिलाको राउन्ड रोविन लिगको आधरमा भएको महिला तर्फ सुदूरपश्चिमाञ्चलले पश्चिमाञ्चललाई २–० गोल अन्तरल पराजित गरी ८ अंकसहित स्वर्ण पदक जित्यो । जितका लागि सुदूरपश्चिमाञ्चलको तर्फबाट सन्जु चौधरी र विमला भट्टले गोल गरेकी थिइन । नेपाली सेनाले ६ अंकसहित रजत पायो । सेनाले पूर्वाञ्चलाई ४–० गोल अन्तरले पराजित गरेको थियो ।
प्रतियोगिताको सर्वाउत्कृष्ट खेलाडी पुरुष तर्फ नेपाली सेनाका प्रदिप राजवंशी र महिला तर्फ मध्यमञ्चलकी पिंकी सिजाली घोषित भइन । उनीहरुले जनही नगद पाँच हजार प्राप्त गरे ।
बिजयी हुने खेलाडीहरुलाई नेपाल हक्की संघका केन्द्रीय अध्यक्ष उमेशलाल श्रेष्ठले ट्रफी तथा प्रमाणपत्र वितरण गरेका थिए ।