सातौ राष्ट्रिय खेलकुद-बास्केट बलमा आर्मीलाई थप एक स्वर्ण
पूर्वाञ्चल खबर
१३ पुष २०७३, बुधबार १७:२७
3
Shares
१० पुस धरान/ सातौ राष्ट्रिय खेलकुद प्रतियोगितामा शीर्ष स्थानमा रहेको आमीले थप एक स्वर्ण हात पार्न सफल भएको छ ।
प्रतियोगिता अन्तर्गत डिपोट उच्च माविको बास्केट बल कोर्टमा भएको पुरुष तर्फको खेलमा मध्यमाञ्चललाई हराउदै थप एक स्वर्ण थप्दै स्वर्ण पदकको संख्या ८४ पु¥याएको हो ।धरान डिपो उच्च माविको बास्केट बल कोर्टमा बुधबार भएको फाइनल खेलमा आर्मीले मध्यमाञ्चललाई ७० विरुद्ध ८३ स्कोर जोड्दै थप स्वर्ण जित्न सफल भएको हो ।
आर्मीले २४–१९–२०–२ ० अंक जोड्दा मध्याञ्चलले भने १६–२२–१५–१७ अंक जोड्न सफल भएको थियो । जितसंगै आर्मीले स्वर्ण हात पारेको छ भने उपविजेता बनेको मध्याञ्चलले रजतमा चित्त बुझाएको छ ।यस्तै बुधबारै भएको अर्को खेलमा पश्चिमाञ्चलले कास्य पद जित्न सफल भएको छ ।
प्रतियोगिता अन्तर्गत पश्चिमाञ्चलले ८२ अंक जोडन सफल भएको थियो भने पूर्वाञ्चल ७४ अंकमै सीमित हुन पुग्यो । पश्मिाञ्चलले खेल अवधिभर २२–१९–१४–१३–१४ जोडेको थियो भने पूर्वाञ्चलले १३–१८–१८–१९–०६ अंक जोडेको छ । प्रतियोगिताका विजेता र उपविजेतालाई नेपाल बास्केटबल संंघका केन्द्रीय अध्यक्ष लामा तेन्जी सेर्पा, केन्द्रीय उपाध्यक्ष सुरज लामा, जिल्ला वास्केट बल संघ सुनसरीका अध्यक्ष नारायण सुवेदी लगायतले मेडल र प्रमाणपत्र वितरण गरेका थिए ।