AArya
RUMPUM
animated ellipse animated ellipse

सातौ राष्ट्रिय खेलकुदमा महिला क्रिकेटको स्वर्ण पूवाञ्चललाई

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१२ पुष २०७३, मंगलवार २१:५०
3
Shares
पुष्पराज थपलिया
१२ पुस इटहरी / पूर्वाञ्चल वृहत सातौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत महिला क्रिकेटको उपाधि हात पारेको छ ।
पूर्वाञ्चलले आज इटहरीमा भएको फाइनल खेलमा एपिएफ ४ रनले पराजित गरी स्वर्ण पदक माथि कब्जा गरेको हो ।
टस जितेर पूर्वाञ्चलले निर्धारित २० ओभरको खेलमा १८ दशमलव ४ बलमा सवै विकेट गुमाइ ६३ रन सामान्य योगफ तयार पारेको थियो । पूर्वाञ्चललकी रोमा थापाले १८ रनको योगदान दिएकी थिइन । एपिएफकी करुणा भण्डारी, सिता मगर र रीतु कनौजियाले २– विकेट लिएकी थिइन् ।
जवाफमा ६४ रनको विजय लक्ष्य पछ्याएको एपिएफले १८ दशमलव ४ बलमा ८ विकेट गुमाएर ५९ रन बनाएको स्थीतिमा खेल अवरोध भएको थियो ।
एपिएफकी  रीतुले हानेको प्रहारलाई बाउण्ड्रीलाइनमा पूर्वाञ्चकी फिल्डर अफसरी बेगमले उत्कृटढंगले बललाई बचाएको बेलामा विवाद आएको हो । एपिएफले त्यो बललाई चौका भयो भन्ने र एम्पाएरले २ रन मात्र दिएपछि एपिएफले खेल बहीस्कार गरेर मैदान छाडेपछि म्याच रेफ्री अधिप प्रधानले पूर्वाञ्चलाई विजयी घोषित गरेका थिए ।
एपिएफकी सिता रानाले २० रन र रीतु कजौजियाले नटआउट ११ रनको योगदान दिएकी थिइन् । पूर्वाञ्चलकी सन्तोषि चौधरी र अनुराधा चौधरीले ३–३ विकेट लिएकी थिइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर