१२ पुस,विराटनगर/विराटनगरमा जारी राष्ट्रिय पुरुष हक्कीमा नेपाली सेना फाइनलमा प्रवेश गरेको छ ।
मंगलबार भएको खेलमा मध्यमाञ्चललाई १२–० गोल अन्तरले पराजित गरी नेपाली सेना फाइनलमा प्रवेश गरेको हो ।
जितको लागि सेनाको तर्फबाट राम साहले चार गोल, प्रदिप राजवंशी र स्यामोल राईले २/२ गोल गरे भने अमित श्रीवास्तव, दिपेन्द्र एयर र सत्यनारयण चौधरीले १÷१ गोल गरे ।
दोस्रो खेल सुदूरपश्चिमाञ्चल र मध्यमाञ्चल बिच खेल शुरु भएपनि मौसमको कारणले आज स्थगित भएको छ । यो खेल बुधबार हुने हक्कीको निर्णायक आश्विनि अधिकारीले जानकारी दिए ।
महिला तर्फ भएको खेलमा नेपाली सेनालाई १–० गोल अन्तरले सुदूरपश्चिमले पराजित ग¥र्यो । जितको लागि सुदूरपश्चिमका नर्बदा जोशीले निर्णायक गोल गरेकी थिइन ।
दोस्रो खेलमा पश्चिमाञ्चललाई १–० गोल गोल अन्तरले मध्यमञ्चलले निराश पा¥र्यो । मध्यमञ्चलको तर्फबाट पिंकी सिन्जलीले गोल गरीन ।