११ पुस,विराटनगर/ पश्चिमाञ्चल विकास क्षेत्र मोरङ टंकिसिनवारीमा जारी पूरुष कवडी प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
लिग चरणको अन्तिम खेलमा सूदुर पश्चिमाञ्चललाई ३८-२४ अंकले पछि पार्दै पश्चिमाञ्चलले सेमिफाइनल यात्रा तय गरेको हो ।
त्यस्तै ससत्र प्रहरी वलको एपिएफ, नेपाली सेना र मध्यामाञ्चलले पनि सेमिफाइनलमा स्थान पक्का गरेका छन् ।
ससत्र प्रहरीको एपिएफ टिमले पूर्वाञ्चललाई ४५-३३ ले पराजित गर्दा मध्यामाञ्चलले मध्य पश्चिमाञ्चललाई पराजित गरेको थियो । मध्यमाञ्चलले मध्य पश्चिमाञ्चललाई ६५ -३४ ले पछि पारेको थियो । त्यस्तै नेपाली सेनाले बाइ पाएर सेमिफाइनल यात्रा तय गरेको हो ।
त्यस्तैगरी महिला कव्डी प्रतियोगितामा पनि लिग चरणको समिकरण पूरा भएको छ । लिग चरणको खेलबाट सेमिफाइनल प्रतिस्पर्धाकालागि नेपाल प्रहरी, नेपाली सेना र मध्यामाञ्चल र सूदुर पश्चिमाञ्चल छनोट भएका छन् ।
नेपाल प्रहरीले सेमिफाइनल यात्राकालागि मध्यपश्चिमाञ्चललाई ४०-१६ अंकले पछि पारेको थियो भने नेपाली सेनाले पूर्वाञ्चललाई ५९-१८ ले पराजित गर्दै सेमिफाइनलमा स्थान सुनिश्चित गरेको हो ।
त्यस्तै मध्यमाञ्चलले पश्चिमाञ्चललाई ३७-२७ अंकले पछि पार्दै सेमिफाइनल यात्रा तय गर्दा ससत्र प्रहरीबल विरुद्ध कठिन जित निकाल्दै सूदुर पश्चिमाञ्चलले सेमिफाइनलमा स्थान पक्का गरेको हो ।
सूदुर पश्चिमाञ्चलले ससत्र प्रहरीलाई ३० – २९ अंकले पराजित गरेको थियो ।
मंगलवार महिला पूरुष दुवै टिमको सेमिफाइनल खेल सञ्चालन हुने छ ।