संविधान संशोधन गरेमात्र राजनैतिक गतिरोध अन्त्य हुन– यादव

खबर पूर्वाञ्चल, ९ पुष २०७३, शनिबार २०:२९
९ पुस विराटनगर संघिय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आन्दोलनरत दलका भावना र मागहरुलाई संवोधन गर्नेगरि संविधान संशोधन गरेमात्र राजनैतिक गतिरोध अन्त्य हुने बताएका छन् ।
संघिय समाजवादी फोरम नेपाल मोरङको प्रथम एकता अघिवेशनको आज विराटनगरमा उद्घाटन गर्दै अध्यक्ष यादवले अहिलेको संशोधन प्रस्ताव समेत अधुरो रहेको बताए । उनले उत्पीडनमा परेका, मधेशी, आदीवासी जनजाती, अल्पसंख्यक र मुस्लिमहरुको हक अधिकार सुनिश्चित हुने गरि संविधानको संशोधन आवश्यक रहेकोमा जोड दिए ।
अध्यक्ष यादवले नेपाली कांग्रेस र माओवादी केन्द्रले सरकार निर्माण अघि गरेको तीन बुँदे सहमती पालना नगरिरहेको आरोप समेत लगाएका छन् । उनले मधेश आन्दोलनका क्रममा झुठा मुद्दा लगाइएकाहरुको मुद्दा फिर्ता नलिए तथा शहिद परिवार र घाइतेहरुलाई उचित क्षतीपूर्ति नदिए सहमती तोडेर आन्दोलनमा उत्रिने चेतावनी समेत दिए ।
अध्यक्ष यादवले एमालेका केहि नेताहरुले सद्भाव भड्काउने, सहिष्णुता विगार्ने र जातीय विभेद फैलाउने अभिब्यक्तिहरु दिइरहेको आरोप समेत लगाए ।
कार्यक्रममा बोल्दै पार्टीका वरिष्ठ नेता असोक राईले आन्दोलरत संघिय गठबन्धन लगायतका दलहरुको भावना र मागहरुलाई समेटेर राष्ट्रिय एकता कायम गर्नुपर्नेमा जोड दिए ।

खबर पुर्वान्चल

बिराटनगर, नेपाल

सम्पर्क: ०२१-५२४५८४

इमेल: mail@khabarpurwanchal.com

Khabarpurwanchal is Leading News Company In Eastern Development Region Of Nepal, Providing Up to date Local as well as country crunch News.