AArya
RUMPUM
animated ellipse animated ellipse

सातौंमा राष्ट्रिय खेलकुदमा चन्द्रकलाको राष्ट्रिय कीर्तिमान

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

९ पुष २०७३, शनिबार १९:२०
3
Shares

९ पुस, इटहरी /सातौं बृहत राष्ट्रिय खेलकुदमा नेपाल प्रहरीकी चन्द्रकला लामगादेले नयाँ राष्ट्रिय कीर्तिमानसहित महिला सटपुटमा स्वर्ण जितेकी छिन् । सातौंमा राष्ट्रिय कीर्तिमान बनाउने उनी पहिलो खेलाडी भएकी छिन् ।

२३ वर्षीय लामगादेले इटहरी रंगशालामा शनिवार सटपुटतर्फ ११ दशमलव ५६ मिटर लामो राष्ट्रिय कीर्तिमान बनाउदै स्वर्ण जित्न सफल भएकी हुन् ।

उनले यसै वर्ष भारतमा आयोजना भएको १२ औं दक्षिण एसियाली खेलकुद (साग)मा ११ दशमलव ४ मिटरको कीर्तिमान बनाएकी हुन् । १२ औं सागका लागि भएको तयारीमा उनले १० दशमलव ८२ मिटरको नयाँ कीर्तिमान बनाएकी थिइन् । त्यसबेला उनले मञ्जु श्रेष्ठको २९ वर्ष लामो कीर्तिमान भंग गरेकी थिइन् । मञ्जुले सन् १९८७ मा मस्कोमा भएको प्रतियोगितामा १० दशमलव ६९ को राष्ट्रिय कीर्तिमान बनाएकी थिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर