RUMPUM
animated ellipse animated ellipse

सातौ राष्ट्रिय खेलकुद-कवडी प्रतियोगिता सुरु

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

९ पुष २०७३, शनिबार १८:२३
3
Shares

९ पुस,विराटनगर/ सातौ राष्ट्रिय खेलकुद अन्तरगत महिला तथा पूरुष कवडी प्रतियोगिता सुरु भएको छ ।

मोरङ टंकिसिनवारी स्थित खेल मैदानका आयोजित प्रतियोगिता संसद रञ्जु झाले उदघाटन गरेपछि सुरु भएको हो । प्रतियोगिता अन्तरगत आज भएको महिला तर्फ ४ र पूरुष तर्फ दुई खेलहरु भएका छन् ।

लिग चरण अन्तरगत महिला तर्फ भएको पहिलो खेलमा नेपाली सेना त्रिभुवन आर्मी क्बलले पश्चिमाञ्चललाई पराजित गरेको छ । आर्मीले पश्चिमाञ्चलाई ६८–१६ अंकले पराजित गरेको हो । त्यस्तै महिला तर्फकै दोस्रो खेलमा नेपाल प्रहरीले ससत्र प्रहरीको एपिएफलाई पराजित गरेको छ । एपिएफलाई ११ –५२ अंकले पछि पार्दै नेपाल प्रहरीले विजयी सुरुवात गरेको हो । प्रतियोगिता अन्तरगत भएको तेस्रो खेलमा मध्यमाञ्चल बिजयी भएको छ । पूर्वाञ्चललाई २३–३२ अंकले पछि पार्दै मध्यामाञ्चल विजयी भएको हो । प्रतियोगिता अन्तरगत महिला तर्फ शनिवार नै भएको चौथो खेलमा मध्यपश्चिमाञ्चललाई २२–४२ अंकले पराजित गर्दै सुदुर पश्चिमाञ्चल बिजयी भएको हो ।

पूरुष तर्फ भएको पहिलो खेलमा मध्यमाञ्चल बिजयी भएको छ । विभागिय टोली ससत्र प्रहरीको एपिएफलाई २१–५७ अंकले पराजित गर्दै मध्यामञ्चलले जित निकालेको हो । दोस्रो खेलमा सूदुर पश्चिमाञ्चललाई पराजित गर्दै नेपाली सेना बिजय भएको छ । पश्चिमाञ्चललाई २७–४३ अंकले पराजित गर्दै नेपाली सेना बिजयी भएको हो ।

शनिवार नै गर्ने भनिएको पुरुष तर्फ मध्यमाञ्चल र पूर्वाञ्चल विच हुने खेल समय अभावका कारण आइतवारलाई सारिएको प्राविधिक निर्देशक विरेन्द्र यादवले जानकारी दिए । प्रतियोगितामा पाच विकास क्षेत्र र विभागिय टोली नेपाल प्रहरी, नेपाली सेना र ससत्र प्रहरी गरी महिला ८ टिम र पुरुष सात टिम सहभागि छन् । खेल उदघाटन अघि भएको औपचारिक कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष टेण्डी लामा अखिल नेपाल कवडी संघका कोषाध्यक्ष अरविन्द्र झा, मोरङ जिल्ला कवडी संघका अध्यक्ष भूवनेश्वर मण्डललगायतले नेपालको पूरानो कवडडी खेलको विकासमा लाग्ने प्रतिवद्धता जनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर