हक्की खेल सुरु, पहिलो दिन सुदूरपश्चिमलाई दोहोरो जित
पूर्वाञ्चल खबर
९ पुष २०७३, शनिबार १८:०५
3
Shares
९ पुस,विराटनगर/सातौ राष्ट्रिय खेलकुद अन्तरगत पुरुष तथा प्रथम महिला हक्की प्रतियोगिता शनिबारदेखि सुरु भएको छ ।
विराटनगरको डिएभी स्कुलको खेलमैदानमा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा ४ वटा टिमले जित हासिल गर्न सफल भएको छ ।
प्रतियोगिताको पुरुषतर्फको पहिलो खेलमा मध्यामाञ्चललाई ८–० को गोल अन्तरले हराउँदै नेपाली सेनाले जित हासिल गर्न सफल भयोे । नेपाली सेनाको तर्फबाट प्रेम दराई, सत्यनारयण चौधरी, स्यामीयल राई, राम साहले १÷१ गोल गरेका थिए भने दिपेन्द्र एयर र प्रदिप राजवंशीले २÷२ गोल गरेका थिए ।
त्यस्तै दोस्रो खेलमा मध्यपश्चिमाञ्चललाई ४–२ गोल अन्तरले पराजित गरी सुदूरपश्चिमाञ्चलले जित हासिन गर्न सफल भयो । सुदूरपश्चिमाञ्चलको तर्फबाट गणेश टमटा, सुरेश प्रसाद जोशी, राजेन्द्र राजवंशी र केशब राजवंशीले गोल गरेका थिए ।
मध्यपश्चिमाञ्चलको तर्फबाट सलमान इद्रीसी र सहिद अलिले गरे ।
महिला तर्फ भएको पहिलो खेलमा मध्यमाञ्चललाई ४–१ गोलको अन्तरले पराजित गर्दै सुदूरपश्चिमाञ्चलले जित हासिल ग¥र्यो । सुदूरपश्चिमाञ्चलको तर्फबाट सिमा चौधरी र नरबदा जोशीले १÷१ गोल गरेका थिए भने शिल्पा डोगौराले २ गोल गरेकी थिइन ।
सुदूरपश्चिमाञ्चलले पुरुष र महिला तर्फको पहिलो दिनको खेलमा दोहोरो जित हात पार्न सफल भए ।
दोस्रो खेलमा पूर्वाञ्चललाई ४–० को गोल अन्तरले पराजित गर्दै पश्चिमाञ्चलले जित हासिल गरेको छ । पश्चिमाञ्चलको तर्फबाट कमला रानामगर र सोनी गुरुङ्गले २÷२ गोल गरेका थिए ।
प्रतियोगितामा पाँच विकास क्षेत्र र एक विभागीय टिम गरी १ सय ७६ जना खेलाडीहरुको सहभागिता रहेको आयोजकले जनाएको छ ।