AArya
RUMPUM
animated ellipse animated ellipse

सातौं राष्ट्रिय खेलकुद सुरु

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

८ पुष २०७३, शुक्रबार २१:००
3
Shares
 विद्यालय तहदेखि नै खेलकुदप्रति जोड दिन राष्ट्रपतिको आग्रह 
पुष्पराज थपलिया
८ पुस, विराटनगर/ सातौ राष्ट्रिय खेलकुद प्रतियोगिता सुरु भएको छ । शुक्रवार विराटनगर सहिद रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उदघाटनको घोषणापछि सातौ राष्ट्रिय खेलकुद औपचारिक रुपमा सुरु भएको हो ।
प्रतियोगिताको उदघाटन गर्दै राष्ट्रपति भण्डारीले खेल क्षेत्रको दिगो विकास र खेलाडीहरुको उच्च मनोवलकालागि विशेष प्रोत्साहन आवश्यक रहेको बताइन । भूकम्पले खेलकुदका पूर्वाधारहरुमा गम्भिर क्षति गरेको अवस्थामा पनि सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुनु महत्वपूर्ण उपलव्धी भएको भन्दै उनले त्यसको प्रशंशा गरिन ।
व्यक्ति, समाज र राष्ट्रकै समष्टि विकासमा खेलकुदको महत्वपूर्ण योगदान रहने बताउदै उनले प्रतियोगितालाई नियमित र निरन्तरतामा लैजान आवश्यक रहेको बताइन । खेलकुद क्षेत्रको विकासलाई सरकारले प्राथमिकता दिनुपर्ने र विद्यालय तहदेखि नै खेलकुदप्रति जोड दिन पर्ने राष्ट्रपति भण्डारीको भनाई छ ।
पछिल्लो समय फुटवल र क्रिकेट खेलहरुमा नेपाली खेलाडीहरुले प्राप्त गरेको सफलताप्रशंसनीय रहेको बताउदै खेलाडीहरुलाई थप प्रोत्साहन गर्न उत्कृष्ठ रंगशालाहरुको स्थापनामा ध्यान दिनु पर्ने बताइन । उनले इमान्दारिता र लगनशिलताले सफलता प्राप्त गर्न सकिने हुँदा खेलाडीहरुलाई खेलकुदमा समर्पित भएर अघि बढ्न आग्रह गरिन ।
कार्यक्रममा युवा तथा खेलकुद मन्त्री दलजित श्रीपालीले खेलकुदको विकासकालागि सातै प्रदेशमा प्रदेश स्तरिय रंगशाला निर्माण गर्ने कार्यक्रम अघि बढेको बताए । उनले खेलकुद विश्वविद्यालय स्थापना गरी खेलको दिगो विकासमा ध्यान दिने योजना रहेको जानकारी दिए ।
सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा राष्ट्रिय रेकर्ड बनाउने खेलाडीहरुलाई विशेष सम्मान गर्ने र पुरस्कृत गरिने उनले बताए । उनका अनुसार खेदकुदको विकासकालागि साझा प्रतिवद्धता आवश्यक रहेको भन्दै प्रतियोगिताहरु नियमित गरिने बताए ।
प्रतियोगिता उद्घाटनका क्रममा विभिन्न जातजातिको सांस्कृतिक झाँकीहरु प्रस्तुत गरिएका थिए । नेपाली सेना, सशस्त्र प्रहरी, जनपद प्रहरी लगायत खेलाडीहरुको झाँकीले प्रतियोगिता स्थलमा आफ्ना प्रस्तुतीहरु प्रदर्शन गरेका थिए ।
स्वास्थ्यकालागि खेलकुद राष्ट्रकालागि खेलकुद भन्ने मुल नारासहित पूर्वाञ्चलमा सुरु भएको प्रतियोगितामा ३० खेलमा ३ हजार ९ सय ७२ खेलाडी सहभागी छन् । उनीहरूले २ हजार १ सय ४३ पदकका लागि प्रतिस्पर्धा गर्दैछन् । कुल पदकमध्ये १ हजार ९ सय ५० को मात्र गणना हुनेछ । पुस १५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका खेलहरु पूर्वी नेपालका झापा, मोरङ, सुनसरी, धनकुटा, उदयपुर, सिराहा र सप्तरीमा हुँदैछन् भने समापन समारोह धरानमा हुनेछ ।

सातौं राष्ट्रिय खेलकुदको उदघाटन समारोह तस्वीरमा हेर्नुहोस्

3
177-th-national-game-biratnagar-768x4327-th-national-games-opening-6-768x432587-th-national-games-opening-10-768x4327-th-national-games-opening-8-768x4327-th-national-games-opening-2-768x43274

 14159

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर