७ पुस, विराटनगर/ एनसेल कस्टमर सेन्टरबाट भन्दै ठगि गर्ने गिरोह विराटनगरमा सक्रिय भएको छ । विभिन्न स्किम तथा बोनस दिने प्रलोभन दिदै त्यस्ता गिरोहले ठगि गर्ने गरेका छन् ।
विराटनगर ७ का अशोक कर्णले ठगि गर्ने गिरोहको मोवाइल नम्वर र रिचार्जकाडको पिन नम्मर उल्लेख गर्दे प्रहरीमा उजुरी गरेसंगै यस्तो रहश्य खुलेको हो ।
ठगि गर्ने गिरोहले ऐनसेलवाट २ सयको रिर्चाज कार्ड पिन नंम्वर पठाई दिए प्रति महिना ५ सयको बोनस आउने भन्दै कर्णलाई पिन नंम्वर पठाईदिन आग्रह गरेका थिए । पटक पटक प्राईभेट नंम्बर ९८२५६२६७७८ वाट फोन आएपछि कर्णले २ सयको दुई थान एनसेलको पिन नंम्बर पठाई दिएका थिए ।
रिर्चाज कार्ड पिन नंम्वर पठाई दिएको १२ घण्टा भित्र सेवा सुचारु हुने वताएता पनि उक्त समयसिमा नघिसक्दा पनि कुनै किसिमको सेवा सुचारु नभएपछि कर्णले आफु ठगीमा परेको भन्दै प्रहरीमा उजुरी दर्ता गराएका छन् ।
प्रहरीले ठगिका विषयमा धेरै उजुरी आएका कारण त्यस्तानम्वरहरुको अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ ।