६ पुस विराटनगर/ पूर्व क्षेत्रीय प्रहरी कार्यालय रानी विराटनगरले विराटनगर–मा रहेको हिमालय दर्शन कलेजमा आज चेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ ।
क्षेत्रीय प्रहरी कार्यालयको महिला तथा बालबालिका सेलका प्रहरीले कलेजमा अध्यनरत स्नातक तहका बिधार्थीहरु भेला गरी घरेलु एवं महिला हिंसा, ईन्टरनेटको प्रयोग, साइबर अपराध, बाल अधिकार, बाल बिज्याँई तथा लागूऔषध दुर्व्यसनका बारेमा जानकारी मुलक प्रशिक्षण दिएका थिए ।
“प्रहरी मेरो साथी”को ब्यानरमा रहेर नागरिक–प्रहरी हातेमालो अन्तरगत संचालन भएको कार्यक्रममा सो कलेजको स्नातक तहका पढ्ने ५१ जना विद्यार्थीहरु सहभागी रहेका थिए । प्रशिक्षणलाई प्रहरी सहायक निरिक्षक सरस्वती राई, प्रहरी जवानहरु सन्तोषी गौतम र ओम राज पौडेलले सहजीकरण गरेका थिए ।