AArya
RUMPUM
animated ellipse animated ellipse

सखिचन्द क्रिकेटको उपाधि गोदावरीलाई

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

५ पुष २०७३, मंगलवार १६:४८
3
Shares
गोदावरी स्कूलले प्रमुख अतिथी नमुना विद्या मन्दिरका प्रिन्सिप शिवप्रसाद अधिकारी रमिरादेवी राजवंशीबाट पुरस्कार लिदै ।
पुष्पराज थपलिया
५ पुस,विराटनगर / गोदावरी बोर्डिङ स्कूलले विराटागरमा सम्पन्न भएको पूर्वाञ्चल स्तरीय प्रथम स्व. सखिचन्द राजवंशी मेमोरियल अन्तर स्कूल क्रिकेट प्रतियोगिताको उपाधि हात पारेको छ ।
अनुशासित टिमको पुरस्कार लिएपछि समुहिक तस्वीर खिचाउँदै विराटनगरको नमुना विद्या मन्दिरका खेलाडिहरु
अनुशासित टिमको पुरस्कार लिएपछि समुहिक तस्वीर खिचाउँदै विराटनगरको नमुना विद्या मन्दिरका खेलाडिहरु
गोदावरीले आज भएको फाइनल खेलमा यूरोकिड्स स्कूललाई ३२ रनले पराजित गरी उपाधिमाथि कब्जा गरेको हो ।
पूर्वाञ्चल एकाडेमीको आयोजनामा भएको खेलमा टस हारेर ब्याटिङ गरेको गोदावरीले निर्धारित २० ओभरमा ६ विकेट गमाई १ सय ४९ रनको योगफल तयार पारेको थियोे । रिक्की देवकोटाले ३७ रन, सिद्धान्त साहले ३१ र कृष्ण मण्डलले नटआउट १४ रनकोे योगदान गरेका थिए । यूरो किड्सका सचिन क्षेत्रिले २ विकेट लिएका थिए ।
जवाफमा १ सय ५० रनको विजय लक्ष्य पछ्याएको यूरो किड्सले १७ ओभरमा सवै विकेट गुमाई १ सय १७ रनमा सिमित भयो । प्रिन्स यादवले ४३ रन, हर्ष यादवले ३० रन र गौरव खन्डेलवालले ११ रनको योगदान दिएका थिए । गोदावरीका कृष्ण मण्डल, सौरभ सोनि र विजय यादवले समान २ विकेट लिएका थिए ।
फाइनल खेलको म्यान अफ दी फाइनल गोदावरीका रिक्की देवकोटा घोषित भए भने म्यान अफद सिरीज नमुनाका अनिस श्रेष्ठ घोषित भए । उनले साइकल हात पारेका छन् । त्यस्तै उत्कृष्ट ब्याट्सम्यान गोदावरीका राहुल साह र उत्कृष्ट बलर यूरोकिड्सका सचिन क्षेत्री भए ।
त्यस्तै विराटनगरको नमुना विद्या मन्दिर अनुशासित टिम घोषित भएको छ । मंसिर १८ गतेदेखि शुरु भएको प्रतियोगितामा मोरङ, सुनसरी र सप्तरी का २४ स्कूल सहभागि रहेको खेल संयोजक अजय राजवंशीले जानकारी दिए ।
विजयी तथा अन्य खेलाडीलाई प्रमुख अतिथी नमुना विद्या मन्दिरका प्रिन्सिप शिवप्रसाद अधिकारी, मिरादेवी राजवंशी, मार्टस मेमोरीयक स्कूलका लेखा प्रमुख रोशन ठाकुर, कोशी क्याम्पसका सञ्चालक मनिस सोनी र लियो डिस्ट्रीक ३२५ एवान नेपालका मोरङ जिल्ला अध्यक्ष चान्दबाबु इराकीले पुरस्कार तथा ट्रफी वितरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर