पूर्वाञ्चल खबर
३ पुस, काठमाडौं / नेपाल आयल निगमले पेट्रोलिय पर्दाथको मूल्य बढाएको छ । आज राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो ।
पेट्रोल, डिजेल र मटितेलमा लिटरको ४ रुपैयाँ ५० बढेर मूल्य बढाइएको निगमका वितरण विभाग प्रमुख सीताराम पोखरेलले जानकारी दिए । ९७ रुपैयाँबाट पेट्रोलको मूल्य बढेर अव १ सय १ रुपैयाँ ५० पैसा तथा डिजेल र मटितेल दुबैको मूल्य ७३ रुपैयाँबाट ७७ रुपैयाँ ५० पैसा पुगेको छ ।
ग्यासको मूल्य भने पुरानै कायम राखिएको छ । हाल ग्यास एक सिलिन्डरको १३ सय २५ रुपैयाँ थियो ।
भारतीय आयल कर्पोरेशनले पठाएको नयाँ मूल्यसूची अनुसार आयल निगमले तेलको मूल्य बढाएको हो । ओपेकले जनवरीदेखि कच्चा तेलको उत्पादन घटाउने निर्णय गरेपछि अन्तर्रा्ष्ट्रिय बजारमा त्यसको असर देखिन थालेको हो ।