सातौं राष्ट्रिय खेलकुदको महिला फुटबलमा आर्मी (हरियो) र मध्यपश्चिमाञ्चलका खेलाडी प्रतिस्पर्धा गर्दै ।
३ पुस, दुहबी / नेपाल प्रहरी क्लब र नेपाल आर्मी क्लब सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७३ अन्तरगत महिला फुटबलमा विजयी भएका छन् ।
सुनसरीको दुहबी रंगशालामा आज भएको पहिलो खेलमा प्रहरीले सुदूरपश्चिमाञ्चललाई ३–० गोलले पराजित ग¥यो । विजयी टिमका लागि ‘वुमन अफ द म्याच’ निरु थापाले ५ औं, यशुदा लामाले ३१ औं र रुपा मगरले ४९ औं मिनेटमा गोल गरीन् ।
अर्को खेलमा आर्मीले मध्यपश्चिमाञ्चललाई ३–० ले नै हरायो । आर्मीका लागि पूजा राना मगरले तेश्रो, भूजंगा राईले २४ औं तथा कान्ति आलेले ६८ औं मिनेटमा गोल गरे । आर्मीकी मनीषा राउत ‘वुमन अफ द म्याच’ चुनिइन् ।