३ पुस, विराटनगर/इलामलाई जन्मथलो र मोरङलाई कर्मथलाे बनाएर बसोबास गर्ने इलामेलीहरु संठगित भएका छन् ।
विराटनगरमा आइतबार बसेको एक भेलाले इलाम–मोरङ सम्पर्क मन्च गठन गरेको छ । सम्पर्क मन्चकोे संयोजकमा मदन भट्टराई चयन हुनुभएको छ ।
समितिको सह–संयोजकमा रीना कर्मचार्य (श्रेष्ठ) मोहन सुबेडी , सचिब अर्जुन श्रेष्ठ, सह–सचिब तारा शर्मा, दिनेशभक्त श्रेष्ठ, कोषाध्यक्षमा सरु साह र सह–कोषाध्यक्षमा प्रमोद श्रेष्ठ रहेका छन् । समितिको अन्य सदस्यहरुमा बेदना श्रेष्ठ, कमला श्रेष्ठ, माधब घिमिरे, अस्वनी बनशल, मन्जु विष्ट र लजिता योन्जन रहेका छन् ।
समितिले मोरङमा विभिन्न सामाजिक कार्यक्रमहरु समेत आयोजना गर्दै जाने समितिको सचिब अर्जुन श्रेष्ठले जानकारी दिए । उनका अनुसार आगमी पुस २३ गते मोरङमा वृहत भेला आयोजना गर्ने बताए ।