पूर्वाञ्चल खबर
पूर्व क्षेत्रीय प्रहरी कार्यालय रानी, विराटनगर महिला तथा बालबालिका सेलबाट खटिएका प्रहरीले कलेजमा सचेतनामूलका कार्यक्रम आयोजना गरेको हो ।
कलेजमा अध्ययनरत कक्षा १२ का छात्र तथा छात्राहरुलाई बिभिन्न विषयमा चेतनामुलक प्रशिक्षण दिएका थिए ।
प्रहरी मेरो साथीको ब्यानरमा नागरिक प्रहरी हातेमालो कार्यक्रम अन्तरगत संचालन गरिएको सो कार्यक्रममा ३८ जना बिद्यार्थीहरु सहभागी थिए ।
सहभागी बिद्यार्थीहरुलाई प्रहरीले घरेलु तथा महिला हिंसा, ईन्टरनेटको प्रयोग, साइबर क्राईम, बाल अधिकार तथा बाल बिवाह र लागूऔषध दुव्र्यसनीका विषयमा जानकारी गराएको कलेजका प्रिन्सिप खुशीराज श्रेष्ठ जानकारी गराए ।