AArya
RUMPUM
animated ellipse animated ellipse

संक्रान्ति बजारमा भिषण आगलागी, २८ घर जलेर नष्ट

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१ पुष २०७३, शुक्रबार २१:१४
3
Shares
१ पुस, तेह्रथुम / तेह्रथुमको आठराईमा रहेको संक्रान्ति बजारमा आज विहान भिषण आगलागी भएको छ ।
आगलागीमा परी २८ घर जल्दा ३२ परीवार विस्थापित भएको प्रहरी जनाएको छ ।
आगो ४ घण्टापछि नियन्त्रणमा आएको हो । पाँचथरबाट पुगेको दमकल, इलाका प्रहरी कार्यालय, सशस्त्र प्रहरी र स्थानीयको प्रयासमा आगो नियन्त्रणमा आएको प्रहरीले जानकारी दिएको छ ।
आगो अन्यत्र फैलन नदिन ३ वटा घर डोजर लगाएर भत्काइएको प्रहरी निरिक्षक रिपेन्द्र सिंहले बताए । बिहान करीव साडे ११ बजे स्थानीय अग्नि सेडाईंको घरबाट सुरु भएको आगो वस्तीमा फैलिएको थियो ।
आगोका कारण देउमान ईङ्नाम, सुर्य गुरुङ, नारायणी गुरुङ, बर डाँडे मान बहादुर बस्नेल, ईन्द्र गौतम, होम सिटौला, सानुकुमार चोङ्बाङ,बद्री सेडाईको दुई घर, अमृत गहतराजको दुई घर, रत्न कुमार गहतराज, देवेन्द्र कुमार पाहिमको दुई घर, अग्नि सेडाई, सुबद्रा बानियाँको घर जलेको छ ।
त्यस्तै रमेश सिटौला, खगेन्द्र भट्टराई, डोलेश्वर थापा, बुद्धि गुरुङ, पुर्ण आले, हर्कबहादुर आलेको दुई घर, लिलादेवी श्रेष्ठ, जयन्ता तामाङ, कविता माबो, खड्कबहादुर पाङ्बो, रत्न तामाङको घर जलेर नस्ट भएको प्रहरीले जानकारी दिएको छ ।
विक्रम संबत १९८१ सालमा स्थापना भएको संक्रान्ति बजारमा करीव एक सय ५० घर रहेका छन् । आगो नियन्त्रण पछि के कती क्षति भएकोे विवरण संकलन गर्न सुरु गरिएको प्रहरीले बताएको छ ।
बजारको बाक्लो बस्ती र काठबाट बनेका घर बढि भएकाले आगो नियन्त्रणमा लिन समस्या भएको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर