३० मंसिर ,विराटनगर / नेपालको जेसीजको ४३ औं महाधिवेशनबाट अध्यक्षमा दमकका प्रकाश अधिकारी भएका छन् । त्यसैगरी कार्यकारी उपाध्यक्षमा विराटनगरका कैलाश खाकी श्रेष्ठ छन् ।
काठमाडौंमा सम्पन्न भएको महाधिवेशनको निर्वाचनमा अध्यक्षका प्रत्यासी धरानका विष्णु बराललाई पराजित गर्दै दमकका अधिकारी अध्यक्षमा निर्वाचित भएका हुन् । दुई समूह खडा गरी उम्मेदवारी दिएपनि विराटनगरका श्रेष्ठले स्वतन्त्र उम्मेदवारी दिएर कार्यकारी उपाध्यक्षमा अत्यधिक मत ल्याएर विजयी भएका हुन् ।
चार कार्यकारी उपाध्यक्षका लागि १० उम्मेदवारी परेकोमा अरु पश्चिम नेपालका विजयी भएका छन् । यसैगरी १२ उपाध्यक्षका २३ ले उम्मेदवारी दिएकोमा टंकी जेसीज मोरङकी मञ्जरी घिमिरे, भीम गिरी (तरहरा), सन्तोष रौनियार दुहवी, अतुल प्रसाई बुधबारे झापाका पूर्वेलीले जितेका छन् ।