AArya
RUMPUM
animated ellipse animated ellipse

विकास निर्माणको काममा लापरबाही

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२९ मंसिर २०७३, बुधबार १९:३७
3
Shares

२९ मंसिर, विराटनगर /एडीबीको सहयोगमा विराटनगरमा जारी विकास निर्माणको काममा लापरबाही भेटिएको छ ।

एडीबीकै सहयोगमा विराटनगर–१३ भूमि प्रशासनचोकबाट दक्षिणतर्फ सोमबारे हाट जाने सडकमा निर्माण भइरहेको ढलको काममा मापदण्डविपरीत निर्माण काम भइरहेको फेला परेको हो ।

बिनायक मार्गको पूर्वपट्टिको ढल निर्माणको क्रममा ढलको सोलिङ गर्ने क्रममा धुरमुस प्रयोग नगरी जमिनको ढलाई गर्दै गरेको भेटिएको छ । धुरमुस प्रयोग नगरी ढलाई गर्दा निर्माण कमजोर हुने भएपछि स्थानीयले आपत्ति जनाएका छन् । आफ्नै घर अगाडि गुणस्तरहीन निर्माण भइरहेको देखेपछि विनायक मार्गका सिताराम अग्रवालले आपत्ति जनाएका छन् । अग्रवालले ठेकेदार पक्षलाई बोलाएर धुरमुस प्रयोग गर्न भनेपछि सो ठाउँमा ठेकेदार पक्ष र आफूबीच केहीबेर विवादसमेत भएको बताए ।

निर्माणको निगरानी गर्नुपर्ने उपमहानगरपालिकाले समेत अनुगमन नगरेका कारण निर्माणमा अनियमितता हुने गरेको अग्रवालको भनाइ छ । सो बिषयमा प्रतिक्रिया दिंदै परियोजना प्रमुख उपेन्द्र बरालले धेरै ठाउँमा एकैचोटी निर्माण सुरु भएकाले अनुगमनमा केही समस्या भएको हुनसक्ने बताएका छन् । उनले उक्त क्षेत्रको निर्माणलाई तत्काल अनुगमन गरिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर