खबर पूर्वाञ्चल
प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश लोकसेवा आयोगले मर्यादा र उचाई वृद्धि गरी उत्कृष्ट परिणाम दिन सफल भएकोमा खुशी व्यक्त गरे । उनले आयोगलाई सवल सक्षम बनाउन सबैले आफ्नो क्षेत्रबाट आवश्यक सुझाव दिन समेत आग्रह गरे । मुख्यमन्त्री कार्कीले आगामी ५० वर्षपछि सम्मका लागि ध्यानमा राखी आयोगको अत्याधुनिक भवनको निर्माण कार्य आगामी वर्षदेखि शुरु गर्ने प्रतिवद्धता समेत व्यक्त्त गरे ।
प्रदेश सभाका सभामुख अम्बरबहादुर विष्टले प्रदेश लोकसेवा आयोगलाई बलियो बनाई जनतामा आकर्षण वृद्धि गर्नुपर्ने बताए । उनले प्रदेशमा जनतामैत्री कानुन ल्याउनु पर्नेमा जोड दिए । प्रदेशका प्रमुख सचिव केदारनाथ शर्माले आयोगको निश्पक्ष कार्यले दुर्गम क्षेत्रका युवाहरु उच्च पदमा आउन सफल भएको विचार राखे । आयोगका अध्यक्ष महेन्द्रप्रसाद गुरागाई, सदस्य सजना दाहाल, टीकादत्त राई सचिव तीर्थ प्रसाद धिताल र प्राकृष्ण पोखरेलले आयोगले गोपनियताका कायम राखी निश्पक्ष, निर्विवाद ढङ्गले कार्य गरिरहेको बताए । सोही अवसरमा प्रदेश प्रमुख खापुङ्ग लगायतले आयोगद्वारा प्रकाशित स्मारिकाको विमोचन गरे ।
आयोगमा हालसम्म तीन लाख ३८ हजार ३४३ ले विभिन्न पदका लागि दरखास्त दिएका छन् । दुई हजार १०२ जनालाई विभिन्न पदमा नियुक्तिका लागि सिफारिश गरिएको स्मारिकामा उल्लेख गरिएको छ ।