AArya
RUMPUM
animated ellipse animated ellipse

साकेला उधौली पर्व सुरु

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२८ मंसिर २०७३, मंगलवार १८:३६
3
Shares
२८ मंसिर,विराटनगर / प्रकृति र पितृको पूजा गरी आज राई, लिम्बु, सुनुवार, याक्खा लगायत किराँत समुदायको ठूलो चाड साकेला उधौली पर्व विराटनगरमा भव्य रुपमा मनाएका छन् ।
किराँत समुदायले आफुले लगाएको अन्नबाली पाकेपछी आफ्नो कुल देवतालाई चढाएपछि मात्र खाने दिनलाई चाडको रुपमा मनाउने गर्दछन् ।
परम्परा अनुसार लिम्बुले चासो तगनाम पर्व मनाउने गर्छन् भने याख्खाले चासुवा सुनुवारले खोलस्यादर र राईले उधौली साकेला संयुक्त रुपमा मनाएका छन् । किराँत समुदायकोे मूख्य पर्व साकेला उभौली बैशाख पूर्णिमाको दिन र उधौली मंसिर पूर्णिमाको दिन मनाइन्छ ।
पर्वको अबसरमा बिराटनगर–१५ मा रहेको साकेला थानमा सबै किराँत समुदायका सबै उमेरका मानिसहरु आपसमा गोलो घेरा बनाएर चण्डी नाच नाचेका थिए । चण्डी नाचमा किराँत समुदायका मानिसमात्र नभएर अन्य के बाहुन के क्षेत्री, नेवार, साथमा मधेशी समुदायका युवा वर्गहरुको बाक्लो मात्रमा सहभागिता रहेको थियो ।
उधौली पर्व परम्परादेखि मान्दै आएको निश्चित समुदाय वा जातिले मान्ने मात्र नभई पछिल्लो समय सबै समयमा अन्य समुदायको पनि यस पर्वमा उपस्थित रहने गरेको किराँत राई यायोख्खा नगर परिषद्का अध्यक्ष मोहन राईले बताए ।
उधौली पर्व मानिस, जनावर तथा चराचुरुङ्गी लेकतिरबाट बेसीतिर बसाई सर्ने समय भएको संकेत गर्न तथा अन्नबाली भित्र्याएको खुसियालीमा मनाइने चलन छ । प्रकृतिपूजक किरा“त समुदायले भाषा, संस्कार र संस्कृतिले आ–आफ्नो पहिचान दिलाउने र अस्तित्व जोगाउने भएकाले उधौलीको अवसरमा संसारभरका किरा“त समुदाय यो पर्व मनाउ“छन् ।
उधौलीको अवसरमा एकै ठाउ“मा भेला भएर दुःख–सुख साट्दै संस्कृति झल्काउने पोसाकमा हातमा झ्याम्टा, ढोल, चमर र सेउली लिएर किराँत समुदायका मानिस विभिन्न शैलीमा सोकवा साकेन्वा नाचेर यो पर्व मनाइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर