लोडसेडिङ मुक्त बनाउने अभियानलाई बाधा पु¥याउर्ने कसैलाई छोडदिन -मन्त्री शर्मा
पूर्वाञ्चल खबर
२८ मंसिर २०७३, मंगलवार १४:००
3
Shares
२८ मंसिर, विराटनगर / उर्जामन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले देशलाई लोडसेडिङ मुक्त बनाउने अभियानमा बाधा पु¥र्ययाउने कसैलाई नछोडने बताएका छन् ।
विराटनगरमा आज विहान प्रेस सेन्टर नेपाल मोरङ शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री शर्माले लोडसेडिङ मुक्त अभियानमा बाधा पु¥याउर्ने आफ्नो बुवालाई समेत नछडोन बताए ।
उनले विद्युत चुवाटलाई नियन्त्रण गरी दशैदेखि काठमाण्डौं लोडसेडिङ मुक्त भएको भन्दै अब देशलाई नै लोडसेडिङ मुक्त घोषणा गरी देशलाई समृद्धी बनाउने लक्ष्य रहेको बताए । ‘यस्तो अभियानलाई बाधा पु¥याउर्छ भने जोसुकैलाई कारबाही गरिन्छ’, मन्त्री शर्माले बताए ।
हामी अँध्यारोविरुद्ध उज्यालो बनाउने अभियानमा लागेको जानकारी दिदै अब समग्र मुलुकको विकासको पूर्वाधार विद्युत भएकाले देशलाई उज्यालो बनाउने आफ्नो अभियान सफल बनाएरै छाड्ने प्रतिबद्धता जनाएका छन् ।
विद्युत प्राधिकरणभित्रको अनियमितता र भद्रगोल अन्त्य गरी लोडसेडिङ हटाइएको भन्दै मन्त्री शर्माले यसलाई निरन्तरता दिन आफू लागिपरेको जानकारी दिए ।
उनले विद्युत प्राधिकरण सञ्चालक समितिका तीन जना बोर्ड सदस्यहरुलाई आफूले कुनै प्रतिशोध राखेर कार्वाही नगरेको स्पष्ट पारे । ‘उनीहरुलाई अध्यारोविरुद्ध उज्यालो बनाउने अभियानलाई गति दिन भनेको मात्र थिएँ तर त्यसका विपरित गएर गर्ने काम भएको छ । यसबारेमा लिखित स्पष्टिकरण मागेका छौं अन्य काम भएको छैन,’ मन्त्री शर्माले भने ।
प्राधिकरणले विद्युत उत्पादन कम्पनी मार्फत अपर अरुण निर्माण गर्ने प्रस्ताव अघि सारेपछि प्राधिकरणका सञ्चालकहरु लक्ष्मणप्रसाद अग्रवाल, मनोज मिश्र र सुरज लामिछानेले त्यसको विरोध गरेका थिए । उनीहरुले बोर्ड अध्यक्ष विनाको बैठक राखी ‘नक्कली माइन्युट’ तयार गरी सञ्चार माध्यमहरुलाई वितरण गरेको कारण देखाउँदै उर्जा मन्त्रालयले उनीहरुमाथि स्पष्टीकरण सोधेको थियो ।