AArya
RUMPUM
animated ellipse animated ellipse

पुरुष फुटबलमा सुनसरी र मोरङ फाइनल प्रवेश

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२७ मंसिर २०७३, सोमबार २०:२१
3
Shares
२७ मंसिर,विराटनगर/ सातौं राष्ट्रिय खेलकुदका लागि पूर्वाञ्चल क्षेत्रीय छनोटको विभिन्न खेलमा विजयी हुँदै खेलाडी छनोट भएका छन् ।

आज मोरङमा भएको महिला फुटबल खेलमा झापाले भोजपुरलाई ४–० को गोल अन्तरमा पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ । झापाका लागि एलेनी नेपालीले २ गोल, समिक्षा गिरी र मुना लावतीले १–१ गोल गर्दै टिमलाई विजयी बनाए । त्यसैगरी दोस्रो खेलमा ताप्लेजुङले धनकुटालाई ४–० को गोल अन्तरमा पराजित गरी क्वाटरफाइनलमा प्रवेश गरेको छ । ताप्लेजुङका लागि कोपिला लिम्बूले २ गोल र अनुशा थेवे र अनुश्का शेर्पाले १–१ गोल गरे ।

त्यस्तै विराटनगरमा भएको कराते खेलको महिला एकल कातामा खोटाङकी रेश्मा राई र पुरुष एकल कातातर्पm सुनसरीका रोहित राई विजयी हुँदै छनोट भए । त्यसैगरी पुरुष टिम कातामा सुनसरी र महिला टिम कातामा पनि सुनसरी नै छनोट भए ।

त्यसैगरी झापामा भएको पुुरुष भलिबलको क्षेत्रीय छनोट खेल अन्र्तगत सोमबार भएको खेलमा भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सुनसरी, सोलुखुम्बु, मोरङ र झापा विजयी भएका छन् । पहिलो खेलमा भोजपुरले खोटाङलाई ३१—२९, १८—२५ र २५—२० को सेटमा हराएको थियो । त्यस्तै दोस्रो खेलमा धनकुटाले पाँचथरलाई २५—२६, २७—२५ र २५—१३ को सेटमा पराजित ग¥यो ।
तेस्रो खेलमा ताप्लेजुङले इलामलाई २५—१५ र २५—१३ को सोझो सेटमा हरायो । चौथो खेलमा संखुवासभाले ओखलढुङ्गालाई २५—२०, १६—२५ र २५—२३ को सेटमा पराजित गरेको छ । पाँचौं खेलमा सुनसरीले उदयपुरलाई २५—१७ र २५—१८ को सोझो सेटमा हराएको छ । छैटौं खेलमा सोलुखुम्बुले सिरहालाई २५—२२ र २७—२५ को सेटमा पराजित गर्यो । सातौं खेलमा मोरङले सप्तरीलाई २५—१३ र २५—३ को सेटमा पराजित गरेको थियो भने आठौं खेलमा झापाले तेह्रथुमलाई २५—१३ र २५—२३ को सेटमा हराएको छ ।
झापाको काकरभिट्टामा भएको पुरुष फुटबल खेलमा सुनसरी र मोरङ फाइनल प्रवेश गरेका छन् ।
पहिलो खेलमा सुनसरीले पाँचथरलाई ३–० गोलमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । सुनसरीका तर्फबाट निशान लिम्बुले २ र विष्णु सुनुवारले १ गोल गरेका थिए ।
त्यसैगरी दोस्रो खेलमा मोरङले सप्तरीलाई २–१ गोलमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । मोरङका लागि भुवन बस्नेत र ईश्वर भगतले १–१ गोल गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर