CLASSICTECH NET

यूरो किड्स र गोदावरी अन्तिम चारमा

खबर पूर्वाञ्चल, २७ मंसिर २०७३, सोमबार २०:१०
२७ मंसिर,विराटनगर / यूरो किड्स र गोदावरी विराटागरमा सञ्चालन जारीे पूर्वाञ्चल स्तरीय प्रथम स्व. सखिचन्द राजवंशी मेमोरियल अन्तर स्कूल क्रिकेट प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेकोे छ ।
पूर्वाञ्चल एकाडेमीको आयोजनामा आज भएको पहिलो खेलमा यूरो किड्सले डिएभी स्कूललाई १० रनले पाजित गरेको छ । टस जितेर ब्याटिङ गरेको यूरो किड्सले निर्धारित २० ओभरको खेलमा १८ दशमलव ४ बलमा सवै विकेट गुमाई १ सय ११ रनको योगफल तयार पारेको थियोे । जस्मा केशव सारडाले १४ रनकोे योगदान गरेका थिए । डिएभीका म्यान अफ द म्याच अमित झाले ४ विकेट लिएका थिए ।
जवाफमा १ सय १२ रनको विजय लक्ष्य पछ्याएको डिएभिले २० ओभरमा सवै विकेट गुमाई १सय १ मात्र बनाउन सक्यो । जस्म पप्पु यादवले १९ रनको योगदान दिएका थिए । यूरोकिड्सका सभम दासले २ विकेट लिएका थिए ।
दोस्रो खेलमा गोदावरी स्कूलले सृजना ज्ञानकुन्ज स्कुललाई ७ विकेटले पाजित गरेको छ । टस जितेर ब्याटिङ गरेको सृजना ज्ञानकुन्जले निर्धारित २० ओभरको खेलमा १६ दशमलव २ बलमा सवै विकेट गुमाई ७१ रनको योगफल तयार पारेको थियोे । जस्मा आषिस मेहताले नटआउट १८ रनकोे योगदान गरेका थिए । गोदावरीका म्यान अफ द म्याच विजय यादवले ४ ओधरमा १४ रन दिएर ५ विकेट लिएका थिए ।
जवाफमा ७२ रनको विजय लक्ष्य पछ्याएको गोदावरीले ५ दशमलव २ बलमा ३ विकेटको क्षतीमा सो विजय लक्ष्य पार गरेको थियो । जस्मा विक्रम महतोले ३० रनको योगदान दिएका थिए । सृजना ज्ञानकुन्जका भवेश मगरले २ विकेट लिएका थिए ।

तपाईको प्रतिक्रिया

EVREST SCHOOL KO SAMMAN
AIMS COLLEGE
SOMS COLLEGE
EDEN BORG COLLEGE
merryland college
NEPAL BUSNESH COLLEGE

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५