AArya
RUMPUM
animated ellipse animated ellipse

नमुना र कोशी पब्लिक अन्तिम आठ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२६ मंसिर २०७३, आईतवार १६:५८
27
Shares
२६ मंसिर,विराटनगर/ नमुना विद्या मन्दिर र कोशी पब्लिक विराटागरमा जारी भएको पूर्वाञ्चल स्तरीय प्रथम स्व. सखिचन्द राजवंशी मेमोरियल अन्तर स्कूल क्रिकेट प्रतियोगितामा विजयी भई अन्तिम आठ प्रवेश गरेकोे छ ।
पूर्वाञ्चल एकाडेमीको आयोजनामा आइतबार भएको पहिलो खेलमा नमुना विद्या मन्दिरले विनायक सेकेन्डेरी स्कूललाई ७ विकेटले पाजित गरेको छ । टस जितेर ब्याटिङ गरेको विनायकले निर्धारित २० ओभरको खेलमा १६ दशमलव ३ बलमा सवै विकेट गुमाई ६७ रनको योगफल तयार पारेको थियोे । जस्मा भानु राजवंशी र अरविन्द थादवले १०–१० रनकोे योगदान गरेका थिए । नमुनाका म्यान अफ द म्याच अनिस श्रेष्ठले ४ ओभरमा १४ रन दिएर ५ विकेट लिएका थिए ।
जवाफमा ६८ रनको विजय लक्ष्य पछ्याएको नमुनाले ७ दशमलव ३ बलमा ७ विकेट गुमाई सो विजय लक्ष्य पार गरेको थियो । जस्मा राहित यादवले २४ रन र अनिस श्रेष्ठले १९ रनको योगदान दिएका थिए । विनायकका अमित रोय र भानु राजवंशीले १–१ विेकेट लिएका थिए ।
दोस्रो खेलमा कोशि पब्लिक स्कूलले आर्दश स्कूललाई १० विकेटले पाजित गरेको छ । टस जितेर ब्याटिङ गरेको आर्दशले निर्धारित २० ओभरको खेलमा १३ दशमलव ३ बलमा सवै विकेट गुमाई ४१ रनको योगफल तयार पारेको थियोे । जस्मा निर्णय भट्टराईले १० रनकोे योगदान गरेका थिए । कोशिका म्यान अफ द म्याच प्रितम पोद्धारले ३ विकेट लिएका थिए ।
जवाफमा ४१ रनको विजय लक्ष्य पछ्याएको कोशीले ३ दशमलव ४ बलमा विना क्षति सो विजय लक्ष्य पार गरेको थियो । जस्मा सक्षम कार्कीले नटआउट ३० रनको योगदान दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर