पुष्पराज थपलिया
२५ मंसिर, विराटगनर/ निजी तथा आवाशिय विद्यालय अर्गनाइजेशन (प्याब्सन) मोरङको अध्यक्षमा बासुदेव न्यौपाने चयन भएका छन् । आज राति विराटनगरमा सम्पन्न भएको १३ औं जिल्ला अधिवेशनले न्यौपानेलाई सर्बसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो ।
समितिको वरिष्ठ उपाध्यक्षमा सुनिल पौडेल, उपाध्यक्षमा सीतला सुब्बा, प्रेमलालसिंह सुवाल र अर्जुन बस्नेत छन् । समितिको सचिवमा राजेश आचार्य, सहसचिबमा हरिशचन्द्र ढकाल, रीना थापा र सुवास राई रहेका छन् । त्यस्तै कोषाध्यक्षमा इन्द्र राई, सहकोषाध्यक्षमा जगत बस्नेत चयन भएका छन ।
त्यैगरी समितिको अन्य सदस्यहरुमा मोहन बुढाथोकी, नन्दलाल मण्डल, विष्णु डंगोल, मनोज रेग्मी, भूपाल बस्नेत, खगेन्द्रराज भण्डारी, सुरेन्द्र लिम्बू, भुवन श्रेष्ठ, मोती ढकाल, विश्वास ढकाल,अमृतप्रसाद ढकाल, सेवक बजगाई,काशीलाल राजवंशी, मनरथ खरेल, शान्ता राई र मनु गुरुङ सर्बसम्मत रुपमा चयन भएका छन् ।
लेखा तथा सुपरीवेक्षण समितिको संयोजकमा अर्जुन श्रेष्ठ, र सदस्यहरुमा हिरा थापा तथा गोपल प्रसाद रिमाल चयन भएका छन् । महाधिवेशन प्रतिनिधीमा चन्द्रमणी रिजाल,भोलानाथ पाण्डे, केदार पौडेल,केशव सापकोटा, भक्तराज सुब्बा, रोशन ठाकुर, रविन थापा,भास्कर खनाल,अमित ढकाल, नवराज दवाडी,मनोजकुमार राउत,ऋषिराज रेन्मी, राजेश बस्नेत, सन्तोष बस्नेत, खगेन पुलामी र रविन कङदङवा रहेका छन्