AArya
RUMPUM
animated ellipse animated ellipse

हिंसामा परेका महिलाहरुका समस्यामा ध्यान नदिएको गुनासो

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२३ मंसिर २०७३, बिहीबार १९:३८
3
Shares
२३ मंसिर,विराटनगर/ लैगिंक हिंसा विरुद्धको १६ दिने अभियानका अवसरमा आज विराटनगरमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ ।
लैगिंक हिंसा अन्त्य तथा लैगिंक सशक्तिकरण जिल्ला समिति मोरङको आयोजनामा भएको कार्यक्रममा बोल्दै सहभागिहरुले हिंसामा परेका महिलाहरुका समस्यामा सरोकारवालाहरुले त्यति ध्यान नदिएको गुनासो गरेका थिए । कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय मोरङका पवन भट्टराई आर्थिक बर्ष २०७२÷०७३ मा २ सय ४६ हराएका बालबालिका तथा महिलालाई भेट्टाएर आफन्तको जिम्मा लगाइएको जानकारी दिए ।
जिल्ला अदालत मोरङका स्रेस्तेदार नवराज दुलालले यो आर्थिक बर्षको मंसीर २१ गतेसम्ममा ३४ वटा घरेलु हिंसाका घटना दर्ता भएका,जर्वजस्ती करणीका ७५ र मानव बेचविखनका १० वटा मुद्र्धा दर्ता भएको जानकारी दिएका छन् ।
मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शेषनारायण पोडेल र स्थानीय विकास अधिकारी शोभाखर रेग्मीले हिंसामा परेका महिलाहरुको उत्थानका लागि र अन्य विपन्न महिलाहरुलाई लागि शसक्तिकरण र सीपमूलक लगायतका कार्यक्रम संचालन गरेको जानकारी दिएका छन् । कार्यक्रममा विभिन्न सरकारी, गैह्रसरकारी, राजनीतिक दलका प्रतिनिधिहरुको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर