२३ मंसिर,विराटनगर/ पूर्वाञ्चल क्षेत्रिय टेबुलटेनिस प्रतियोगिताबाट १० जना खेलाडी सातौ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि छनौट भएका छन् ।
विराटनगरमा आज भएको छनौट चरणको खेलबाट ५ जना मिहिला र ५ जना पुरुष खेलाडी छनौट भएका हुन ।
यसरी छनौट हुने पुरुष खेलाडीहरुमा सुनसरीबाट तीन जना खेलाडी रहेका छन् । मोरङबाट दुई जना रहेको छ । मोरङबाट करन राई, अनोज बानिया, सुनसरीबाट गणेश तामाङ, महावीर चौधरी र दिवस कुवँर रहेका छन् ।
महिला तर्फ चार जना खेलाडी सुनसरीका छनौट भएका छन् । सुनसरीबाट अपेक्षा शाक्य, दिक्षा दाहाल, गीता भूजेल, रुपा लिम्बु र इलामबाट निशा श्रेष्ठ छनौट भएका छन् ।
क्षेत्रिय छनौटमा पूर्वाञ्चलबाट ४० जना पुरुष र ३६ जना महिला खेलाडीको सहभागिता रहेको जिल्ला खेलकुद विकास समिति मोरङकी सदस्य अर्चना अर्यालले जानकारी दिइन् ।