AArya
RUMPUM
animated ellipse animated ellipse

एक युवतीको शङ्कास्पद मृत्यु

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२१ मंसिर २०७३, मंगलवार १९:०७
3
Shares
२१ मङ्सिर, इनरुवा/  सुनसरी नरसिंह–८ स्थित धानखेतमा आज शङ्कास्पद अवस्थामा एक युवतीको शव फेला परेका छन्।

फेला परेको शव सुनसरी लौकही–२ का सिंहेश्वर यादवको अन्दाजी १६ वर्षीया छोरी राधाकुमारी यादवको रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। राधाको शव आफनै धान खेतमा शंकास्पद अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।

राधा बिहान ६ बजे घरबाट धान काट्नका लागि खेततर्फ गएकी थिइन्। घाँटीमा सल बेरिरहेको अवस्थमा शव फेला परेका कारण आफै‌ं मरेको वा कसैले मारेको हो, त्यो विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर