AArya
RUMPUM
animated ellipse animated ellipse

यू–१९ क्रिकेट टोलीको घोषणा, कप्तानमा सन्दिप लामिछाने

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२० मंसिर २०७३, सोमबार १९:३५
9
Shares
फाइल तस्वीर

२० मंसिर, काठमाडौं /श्रीलंकामा हुने १९ वर्षमुनिको एसिया कप क्रिकेटका लागि १९ सदस्यीय नेपाली टोली घोषणा भएको छ । र, कप्तानको जिम्मेवारी सन्दिप लामिछानेलाई दिइएको छ ।

नेपाली टोलीमा अधिकांश नयाँ अनुहार छ । टोलीमा परेका अभिनाष कर्ण, असिफ शेख, दिपेन्द्र सिंह ऐरी र सन्दिप सुनार यसअघि यूू–१९ खेलिसकेका क्रिकेटर छन् ।

अन्य सदस्यमा रविन्द्रजंग शाही, आदिल खान, भीम सार्की, अनिलकुमार शाह, पवन सर्राफ, सुवार्णकर उराव, कमल सिंह ऐरी, नन्दन यादव, प्रकाश केसी र रोहितकुमार पौडेल छन् । वैकल्पिक खेलाडीमा शाहब आलम, किशोर महतो, विक्रम भुसाल र सुसान्त थापा छन् ।

छनौट समीतिले प्रारम्भीक टोलीमा परेका ५२ खेलाडीबाट सन्दिप लामिछानेको कप्तानीमा चार वैकल्पिकसहित १९ सदस्यीय नेपाली टोली घोषणा गरेको हो । नेपाल क्रिकेट संघ क्यानले काठमाडौं, धनगढी, नेपालगञ्ज, विराटनगर, भैरहवा र कलैयामा सञ्चालन गरेको ट्यालेण्ट हण्टबाट छनौट गरेका ५२ खेलाडीबाट छनौट गरी अन्तिम टोली घोषणा गरिएको हो । अन्तर्राष्ट्रिय क्रिकेट परिषदको एसिया क्षेत्रकाका अधिकृत वेंकटपथी राजु, मुख्य प्रशिक्षक जगत टमाटा र १९ वर्षमुनिको टोलीका प्रशिक्षक विनोद दास रहेको छनौट समितिले टोली घोषणा गरेको हो । एसिसी १९ वर्षमुनिको एसिया कप क्रिकेट डिसेम्बर १३ देखि २४ सम्म श्रीलंकामा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर