AArya
RUMPUM
animated ellipse animated ellipse

फाल्गुनन्द गोल्डकप पुष १५ गतेदेखि

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१८ मंसिर २०७३, शनिबार २०:०३
3
Shares

१८ मंसिर, फिदिम/ पुर्वाञ्चलमा सञ्चालन हुने राष्ट्रिय खेलकुद प्रतियोगितासँग समय जुधेपछि पाँचथरको फिदिममा आयोजना गर्न लागिएको फाल्गुनन्द गोल्डकपको मिती एकसाता पर सरेको छ ।

राष्ट्रिय खेलकुद प्रतियोगिता पुष ८ देखि शुरु हुने पक्का भएपछि अधिकांस खेलाडीहरु त्यहाँ पनि खेल्नु पर्ने भएकाले मिति सार्नु परेको आयोजक फिदिम स्पोर्टिङ क्लवले जनाएको छ । क्लबले आज पत्रकार सम्मेलन आयोजना गर्दै राष्ट्रिय खेलकुद प्रतियोगितासँग मिति जुधेकाले पुष ८ देखि १८ सम्म आयोजना गर्ने भनिएको प्रतियोगिता पुष १५ देखि २४ सम्म गर्ने निर्णय भएको छ ।

क्लवका अध्यक्ष किरण श्रेष्ठका अनुसार नेपालका १६ औं राष्ट्रिय बिभुती तथा किराँत धर्म दर्शनका प्रणेता फाल्गुनन्द लिंदेनको स्मृतिमा पाँचथर सदरमुकाम फिदिममा खेलाइदै आएको फाल्गुनन्द गोल्डकप फुटवल यो वर्ष सञ्चालन हुने प्रतियोगिता आठौं सस्करण हो । फिदिममा रहेको फिदिम उच्च माविको खेल मैदानमा सञ्चालन हुने प्रतियोगितालाई पुर्वी पहाडी जिल्लामा सञ्चालन हुने खेलकुद प्रतियोगिता मध्ये सवैभन्दा ठुलो र सर्वा्धिक पुरस्कार राशी भएको फुटवल प्रतियोगिता हो ।

प्रतियोगिता सञ्चालन गर्न जिल्ला विकास समिति, फिदिम नगरपालिका सहित विभिन्न सस्था, वाइवाइ तयारी चाउचाउ, रुस्लान भोट्का र जिओनी मोवाइल लगायतका कम्पनीले सहयोग गर्ने बताइएको छ । खेलमा भुटान, सिक्किम, दार्जि्लिङ, काठमाण्डौ, मोरङ, सुनसरी, झापा, इलाम, पाँचथर र ताप्लेजुङ गरी १० टिमले भाग लिने भएको छ । प्रतियोगितामा विजेता टिमले २ लाख ५० हजार र दोस्रो हुने टिमले १ लाख ५० हजार नगद सहित नगद ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष किरण श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर