AArya
RUMPUM
animated ellipse animated ellipse

प्याब्सन मोरङमा न्यौपाने आउने पक्का

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१७ मंसिर २०७३, शुक्रबार २१:३३
3
Shares
पुष्पराज थपलिया
१७, मंसिर,विराटनगर/ निजी विद्यालयहरुको छाता संगठन निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन ( प्याब्सन) को नेतृत्वकालागि निर्वाचन नहुने भएको छ । अध्यक्ष बासुदेव न्यौपाने सर्वसम्मत बनाउने सहमती भएपछि निर्वाचन नहुने भएको हो ।
अध्यक्षमा दावि गर्दै आएका सुनिल पौडयाललाई बरिष्ठ उपाध्यक्ष बनाउने छन भने अध्यक्षको नेतृत्व न्यौपानेले गर्ने छन् ।

‘तत्काललाई न्यौपानेलाई अध्यक्ष बनाएर एक बर्षपछि अध्यक्षको जिम्मा पौडयाललाई दिने सहमती भएको छ । स्रोतले भन्यो ‘ एक बर्ष पछि बासुसरले राजीनामा दिनुहुन्छ । त्यसपछि सुनिल सरले अध्यक्ष चलाउने भद्र सहमती भएको छ ।’
न्यौपाने प्याब्सनका पूर्व केन्द्रीय सदस्य हुन भने पौडेल प्याब्सन मोरङका वर्तमान उपाध्यक्ष हुन् ।
प्याब्सनको नयाँ नेतृत्वकालागि बासुदेव न्यौपाने र शुनिल पौड्यालले उमेद्धवारी दिने तयारी गरीरहेका थिए । तर लामो प्रयासपछि नेतृत्व सर्वसम्मत भएको हो ।
स्रोतका अनुसार अध्यक्षमा दावि गर्दै आएका पौड्याल बरिष्ठ उपाध्यक्षमा बस्न राजी भएपछि न्यौपानेको नेतृत्वमा नया समिति बन्ने भएको हो ।
खुला सदस्य ६ जना र क्षेत्र सदस्य ९ जना रहने प्याब्सन मोरङमा पदाधीकारी लगभग निश्चित भएको छ ।
‘राष्ट्रीय आवश्यकता अनुसार हामीले तयारी गरेको हो । बासुदेव न्यौपानेले भने ‘ सवै साथीहरुले सकारात्मक भूमिका खेल्नुहुन्छ । हाम्रो उदेश्य राष्ट्रिय अध्यक्ष मोरङबाट बनाउने हो ।’ राष्ट्रीय अध्यक्षकालागि एभरेष्ट उच्च मावि विराटनगरका प्रिन्सीपल टिकाराम पूरीले उमेद्धवारी दिने तयारी गरीरहेका छन् ।
खबरपूवाञ्चल सम्वाददातासँग कुरा गर्दै अध्यक्षका आकांक्षी शुनिल पौडयालले उपाध्यक्ष बन्न राजी भएका बताएका छन ।
मोरङका पूर्व अध्यक्ष टिकाराम पुरी राष्ट्रिय अध्यक्षमा उठ्ने भएपछि मोरङमा सर्वसम्मत गरिएको हो ।
प्याब्सनको मंसिर २५ गते हुने १३ औ अधिवेशनमा अन्य पदमा महिला उपाध्यक्षमा सितला सुब्बा,सचिवमा वर्तमान सचिव राजेश आचार्य र सञ्जय यादव, सह–सचिवमा अर्जुन श्रेष्ठ र रिना थापा, कोषाध्यक्षमा प्रेमसिंह सुवाल र ईन्द्र राई तथा सह–कोषाध्यक्षमा अमिस रेग्मिले उमेद्वार दिने चर्चा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर