AArya
RUMPUM
animated ellipse animated ellipse

पूर्वाञ्चल स्कुलमा मोटिभेसन तालिम

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१७ मंसिर २०७३, शुक्रबार १४:४८
3
Shares
१७ मंसिर ,विराटनगर / विराटनगर – १७ मा रहेको पूर्वाञ्चल विद्या सदन सेकेण्डरी बोडिङ स्कूलले आफ्ना विद्यार्थीहरुलाई ‘मोटिभेसन’ तालिम दिएको छ ।
विराटनगरमा आज शुक्रबार एक कार्यक्रम आयोजना गरी तालिम दिइएको हो । तालिममा कसरी अध्ययन गर्दा उत्कृष्ट नतिजा ल्याउने र सफल मान्छे बन्न के गर्ने, अभिभावक, शिक्षक र विद्ययालयप्रतिको जिम्मेवारी कसरी पुरा गर्ने जस्ता व्यवहारिक ज्ञानमूलक जानकारी दिएको छ ।
तालिमको सहजिकरण ह्याप्पी लाइफ एजुकेसन ट्रेनिङ  इन्च्यूटका तारा प्रसार गिरी र गुरास वनले गरेका थिए । तालिममा कक्षा पाँचदेखी दशसम्मका २ सय ५० भन्दा बढी विद्यार्थीहरुको सहभागिता रहेको स्कुलका प्रिन्सिपल अर्जुन श्रेष्ठले जानकारी दिए । यस्ता किसिमका तालिमले विद्यार्थीहरुमा  सकारात्मक परिवर्तन ल्याउने स्कुलका अध्यक्ष भरत सापकोटाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर