AArya
RUMPUM
animated ellipse animated ellipse

डा.केसीको जीवनरक्षाको माग गर्दै आन्दोलन

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१६ मंसिर २०७३, बिहीबार १८:४१
3
Shares
फाइल तस्वीर
१६ मंसिर विराटनगर /डाक्टर गोविन्द केसीको जीवनरक्षाको माग गर्दै विराटनगरस्थित कोशी अञ्चल अस्पतालका डाक्टर र कर्मचारीहरु पनि आन्दोलित भएका छन् ।
डा.केसीको जीवनरक्षाका लागि लडौं, केसीका मागहरु पूरा गर्न सरकार गम्भीर हुनुपर्ने लगायतका नारा लगाउँदै डाक्टर र कर्मचारीहरुले कोशी अञ्चल अस्पताल परिसरमा १० बजेदेखि १ घण्टा धर्ना दिए ।
चिकित्सा शिक्षा क्षेत्रमा सुधारको माग गर्दै १९ दिनदेखि आमरण अनसनमा बसेका त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका चिकित्सक डाक्टर केसीको स्वास्थ्य कमजोर हुँदै गएको भन्दै सरकार गम्भीर हुनुपर्नेमा जोड दिएका छन् ।
१० बुँदे माग राखेर चिकित्सा शिक्षा क्षेत्रमा देखिएको विकृति अन्त्य गर्नुपर्ने भन्दै डाक्टर केसी आमरण अनसनमा बस्नुभएको छ । धर्नामा नेपाल चिकित्सक संघ मोरङ शाखाका पदाधिकारी, अस्पतालका कर्मचारीहरु, नागरिक समाजका पदाधिकारी, पारामेडिकल्सका कर्मचारीलगायतको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर