AArya
RUMPUM
animated ellipse animated ellipse

गाईघाटमा पूर्वाञ्चलकै दोस्रो ठूलो खेल मैदान

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१६ मंसिर २०७३, बिहीबार ११:१२
3
Shares
१६ मङ्सिर, गाईघाट  /उदयपुर जिल्लाको सदरमुकाम गाईघाटस्थित पुरानो हवाई फिल्डको जग्गामा लामो समयसम्मको प्रयास र खैलमैदानको व्यवस्थापनपछि जिल्लाको मात्र नभई पूर्वाञ्चल क्षेत्रकै दोस्रो ठूलो थारूहट रङ्गशाला खेल मैदान निर्माण भएको छ।
दुई वर्षदेखि जिल्ला खेलकुद विकास समिति र पूर्वाञ्चल खेलकुद विकास समितिको समेत लामो प्रयासपछि अब खेलमैदान पूर्णरुपमा तयार भएको कुरा पूर्वाञ्चल खेलकुद विकास समितिका पूर्वअध्यक्ष किरण राई बताउँछन्।
करिब तीन बिगाहा सोह्र धुर जग्गाको क्षेत्रफलमा फैलिएको उक्त खेल मैदानमा झन्डै पचासौँ हजारसम्म सङ्ख्याका दर्शकले एकैचोटि बसेर खेल हेर्नसक्ने दुईवटा ठूला–ठूला प्यारापिट सहितका जग्गाको व्यवस्था भएको जिल्ला खेलकुद विकास समिति उदयपुरका अध्यक्ष पुष्प विक बताउँछन्।
राष्ट्रिय खेलकुद परिषद्को रु ३५ लाख आर्थिक लगानी र अन्य बाँकी त्रियुगा नगरपालिका गाईघाट र जिविस उदयपुरको लगानीमा उक्त खेलमैदान सम्याउने र माटो फिलिङ गर्ने कार्य र खेलमैदान क्षेत्रमा तारबार लगाएर घेराबेरा गर्ने कार्यसमेत सम्पन्न भएको कारण अब खेल सञ्चालन गर्न सकिने कुरा खेलमैदान निर्माण समितिका संयोजकसमेत रहेका पूर्वाञ्चल खेलकुद विकास समितिका पूर्वअध्यक्ष राईले बताए।
राई भन्छन्, ‘यो खेलमैदान पूर्वाञ्चलकै दोस्रो ठूलो मैदान हो, अब यसको भित्री भौतिक व्यवस्थापन सम्पन्न भइसकेकाले राष्ट्रिय तथा क्षेत्रीयस्तरका खेल सञ्चालन गर्न सकिनेछ।’ तर, अझै थारूहट रङ्गशाला खेलमैदानको बाहिरी भौतिक पूर्वाधार व्यवस्थापन गर्न बाँकी रहेको कारण आफूहरुले बजेटका लागि हाल वर्तमान खेलकुद मन्त्रालयमा खेलकुदमन्त्री दलजित श्रीपाइलीसँग कुरा भइरहेको पनि खेलमैदान निर्माण समितिका संयोजक राईले बताएका छन्।
जिल्ला खेलकुद विकास समिति उदयपुरसँग आफ्नो खेलमैदान नहुँदा यो रङ्गशाला निर्माण हुनुभन्दा अघिसम्म जिल्लामा आयोजना हुने अधिकांश धेरै खेलकुद गाईघाटस्थित त्रियुगा उच्च माविको खेलमैदानमा आयोजना हुने गरेको कुरा जिल्ला खेलकुद विकास समिति उदयपुरका सचिव प्रकाश खड्का बताउँछन्। तर अब रङ्गशाला निर्माण भएको कारण जिल्ला खेलकुद विकास समितिले जुनसुकै बेला क्षेत्रीय र राष्ट्रियस्तरका खेलसमेत आयोजना गर्न सक्ने क्षमतामा पुगेको कुरा सचिव खड्का बताउँछन्।
जिल्लाको सदरमुकाम गाईघाटमा बृहत् रङ्गशालाको निर्माण भएको कारण अब जिल्लामा धेरै खेल आयोजना गर्न सकिने र जिल्लाको खेलकुद विकासमा समेत प्रगति हुने कुरा अहिले जिल्लावासी बताउँछन्। रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर