AArya
RUMPUM
animated ellipse animated ellipse

‘सातौ राष्ट्रिय खेलकुद असफल बनाउन लागे कारवाही’-खेलकुदमन्त्री श्रीपाइली

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१५ मंसिर २०७३, बुधबार २०:०७
3
Shares

१५ मंसिर, विराटनगर/ युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइलीले सातांै राष्ट्रिय खेलकुद प्रतियोगिता सफल बनाउन सबै कर्मचारीलाई निर्देशन दिएका छन् ।

विराटनगरमा बुधबार सातौं राष्ट्रीय खेलकुद प्रतियोगिताको आयोजना हुने खेल मैदान तथा रंगशालाको निरिक्षण गर्दै मन्त्री श्रीपाइलीले प्रतियोगिता सफल बनाउन सबै कर्मचारीलाई निर्देशन दिए ।
उनले अब कसैले पनि प्रतियोगितालाई असफल बनाउन खोजे कारवाही हुने बताए । मन्त्रि श्रीपाइलीले सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता पूर्वाञ्चलको गौरव भएकाले प्रतियोगिता सफल बनाउनु सबैको दायित्व भएको बताए ।

कार्यक्रममा राष्ट्रिय खेलकुद् परिषदका सदस्य सचिव केशव विष्टले प्रतियोगितको तयारी अन्तिम चरणमा पुगेको र तोकिएकै समयमा प्रतियोगिताको आयोजना हुने बताएका छन् । मन्त्री श्रीपाइली तथा विष्ट नेतृत्वको टोलीले बुधबार मोरङ र सुनसरीका प्रतियोगितास्थलको अवलोकन गगरेका थिए । सातौं राष्ट्रीय खेलकुद प्रतियोगिताका पुष ८देखी १५ गते सम्म पुुर्वाञ्चल हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर