RUMPUM
animated ellipse animated ellipse

सुत्केरीको मृत्यु भएपछि कोशी अञ्चल अस्पतालमा तनाव

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१५ मंसिर २०७३, बुधबार १३:२३
3
Shares
१५,मंसिर,विराटनगर/ सुत्केरीको मृत्यु भएपछि कोशी अञ्चल अस्पताल विराटनगरमा तनाव भएको छ । तीन दिनकी सुत्केरी कमला अधिकारी लुइटेलको मृत्यु भएपछि अस्पतालमा तनाव भएको हो ।
चार दिन अघि अस्पतालमा सुत्केरीकालागि भर्ना भएकी विराटनगर–१० की २० बर्षिय कमला अधिकारी लुइटेलको गतराती मृत्यु भएको थियो ।
उपचारका क्रममा डाक्टरले लाप्रवाही गरेका मृत्यु भएको भन्दै आफन्तले विरोध जनाएपछि तनाव सुरु भएको हो । आफन्तका अनुसार बच्चा निकाल्न सल्यक्रिया गर्दा डाक्टरले किटनीको नसा काटेका कारण अत्याधिक रक्तश्रापका भएपछि मृत्यु भएको हो ।
सल्यक्रिया गर्दा लाप्रवाही गर्ने डा. मेलुना भुसाललाई कारवाहीको माग गर्दै आफन्तले नारावाजी गरीरहेका छन् ।
तीन दिन अघि सल्यक्रिया मार्फत सुत्केरी भएकी अधिकारीको होसमा आउने वितिकै दुखाईका कारण छटपटाईरहेकी थिइन । ‘ अप्रेशन गर्ने वितिकै विरामी छटपटाएपछि डाक्टरलाई हेर्न भनेका थियौ । मृतकका आफन्त राधाश्याम लुइटेलले भने ‘ अप्रेशन गर्दा अलेली दुखाई हुन्छ भन्दै डाक्टरले वास्तै गरेनन ।’

अत्याधिक दुखाई स“गै रक्तश्राप भएपछि डाक्टरले बुधवार मात्र विरामीलाई हेरेका थिए । राधाश्यामका अनुसार कोशीमा उपचार नहुने भन्दै डाक्टरले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रेफर गरेका थिए ।
धरान पुर्याइएकी उनको उपचारकै क्रममा मृत्यु भएको थियो । ‘ बच्चा झिक्दा किटनीको नसा काटेको छ रे । उनले भने ‘ डाक्टरले हेलचेक्राई गर्दा मृत्यु भएको हो ।’
मृतकका तीन दिने छोरो स्वस्थ्य रहेको उनले बताए । कमलाका श्रीमान माधन ससत्र प्रहरी जवान हुन । माधव र कमला विच एक बर्ष अघि विवाह भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर