RUMPUM
animated ellipse animated ellipse

श्रीमतीलाई मरणासन्न हुने गरी कुटपिट

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१४ मंसिर २०७३, मंगलवार २१:१६
3
Shares
१४ मंसिर, सुनसरी/ सुनसरीको दुहवी भलुवा नगरपालिका ५का ५७ वर्षीय मीनबहादुर नेपालले आज  श्रीमतीलाई मरणासन्न हुने गरी कुटपिट गरेका छन् ।
मीनबहादुरले ५४ वर्षीय श्रीमती सावित्रीलाई कुटपिट गरेको प्रहरीले जनाएको छ । कुटपिटबाट गम्भीर घाइते बनेकी सावित्रीलाई प्रहरीले उद्धार गरेर उपचारका लागि विराटनगर स्थित न्युरो अस्पतालमा ल्याएको छ ।
इलाका प्रहरी कार्यालय दुहवीका प्रहरी निरीक्षक शिवकुमार पोखरेलका अनुसार मीनबहादुरले यस अघि पनि मादक पदार्थ सेवन गरेर पटक पटक श्रीमतीलाई कुटपिट गर्ने र यातना दिने गरेको पत्ता लागेको छ । प्रनि पोखरेलका अनुसार घरको ढोका थुनेर मीनबहादुरले श्रीमतीलाई आग्लोले प्रहार गर्दा अवस्था गम्भीर बनेको हो ।
टाउको र शरीरका विभिन्न भागमा गहिरो चोट लागेर बेहोस भएको अवस्थामा प्रहरीले सावित्रीको उद्धार गरेको पोखरेलले बताएका छन् । ‘हत्या गर्ने मनशायले आग्लोले प्रहार गरेको देखिन्छ । प्रहरी पुग्दा कोठा रक्ताम्मे थियो,’ पोखरेलले भने, ‘प्रहरीले तत्काल उद्धार गर्न नभ्याएको भए ज्यानै पनि जान सक्ने अवस्था थियो ।
घाइतेको अझै सम्म होस खुल्न सकिरहेको छैन ।’ घरको कोठा थुनेर कुटपिट गर्न थाले पनि छिमेकीले घटना थाहा पाएपछि भने मीनबहादुर कोठामा बारहिरबाट ताल्चा लगाएर फरार भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर