AArya
RUMPUM
animated ellipse animated ellipse

१२ वर्षीय क्यान्सर पीडित उत्सवलाई आर्थिक सहयोग

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१४ मंसिर २०७३, मंगलवार १९:२१
3
Shares
१४ मंसिर,पथरी/ आर्थिक कठिनाईले उपचारमा समस्या भएका मोरङको पथरीशनिश्चरे ८ जिरिखिम्तीका १२ वर्षीय क्यान्सर पीडित उत्सव धिमालको उपचारका लागि ८९ हजार ७ सय ५० कुवेत रहेका नेपालीले सहयोग छन् ।
आज पथरीमा एक कार्यक्रमकाबीच हस्तान्तरण भएको छ । धिमाल बचाउ अभियान संयोजक साजन धिमाल र उत्सवका बुबा छत्रबहादुर धिमाललाई हस्तान्तरण गरेका हुन । उत्सबका छिमेकी हारु हाल कुवेतमा रहेका उमेश कार्की, मनोज कार्की, ओमबहादुर बोहरो, महेश कार्की, विमल राईसहितको टोलीले प्रवाशमा सहयोग संकलन गरेका थिए ।
स्थानीय एभरेष्ट माविमा कक्षा ६ मा अध्ययरत विपन्न परिवारका उत्सवको टाउकाको क्यान्सर भएपछि उपचारका लागि हारगुहार माग्दा हालसम्म ४ लाख ४९ हजार २ सय ७३ रुपैयाँ संकलन भएको अभियान समिति संयोजक साजन धिमालले उल्लेख गर्नुभएको छ ।
ब्रेन ट्यूमरबाट क्यान्सर भएर बम्बईको टाटा मेमोरियल अस्पतालमा उपचाररत उत्सवको उपचारका लागि पथरीशनिश्चरे र बयरबनका गरी ११ वटा विद्यालय, त्यहाँका विद्यार्थी, शिक्षक र कर्मचारीबाट १ लाख ४२ हजार ३ सय ९५ रुपैयाँ संकलन भएको छ ।
उत्सवको काठमाडौंस्थित दीर्घायु अस्पतालमा ब्रेन ट्यूमर भनेर शल्यक्रिया गरेपनि
क्यान्सर नै भइसकेको भन्दै बम्बइको टाटा हस्पिटलले किमोथेरापि विधिबाट उपचार
गरिरहेको छ ।
शल्यक्रिया, त्यसपछिको किमोथेरापी सहितका उपचारमा घर समेत धितो राखेर
हालसम्म १८ लाख बढी रकम खर्च भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर