१३ मंसिर,विराटनगर/ कैदी भेट्न भन्दै लागुऔषध बोकेर जिल्ला कारागार मोरङ जाने एक यूवा पूर्वपक्षको लागि जेल चलान भएका छन् ।
विराटनगर – १६ बस्ने बिक्की भन्ने बिके कुमार सरदार आज जेल चलान भएका हुन ।
सरदार कार्तिक २० गते बन्दी गृहमा रहेका कैदीलाई भेटघाट गर्न भनि मासुको भाँडामा लुकाई छिपाई नाईट्रोसन ट्याब्लेट २ थान लादा प्रहरीले पक्राउ गरेको थियो ।