AArya
RUMPUM
animated ellipse animated ellipse

विकास खर्च नौ प्रतिशत मात्रै

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१३ मंसिर २०७३, सोमबार २०:०४
3
Shares
विराटनगर/चालु आर्थिक बर्षको प्रथम चौमासिक अवधीमा मोरङ जिल्लाको विकास बजेट नौ प्रतिशत मात्रै खर्च भएको छ । मोरङ बार्षिक बजेट मध्ये पहिलो चार महिनामा नौ प्रतिशत मात्र बजेट खर्च भएको हो ।
मोरङको वार्षिक बजेट चालु खर्चतर्फ ७ अर्ब ३२ करोड ४२ लाख र पू“जीगत खर्चतर्फ ३ अर्ब १५ करोड ३१ लाख रुपैया छ । त्यसमध्ये पू“जीगततर्फ २९ करोड ७३ लाख मात्र खर्च भएको हो ।
कोष तथा लेखा नियन्त्रण कार्यालय विराटनगरका अनुसार चालु खर्चतर्फ भने ३५ प्रतिशत बजेट खर्च भएको छ । चालु खर्चतर्फ कर्मचारीको तलब, भत्ता, कार्यक्रम आदिमा खर्च हो भने विकास बजेट ९ प्रतिशत मात्र छ ।
पूँजीगत खर्चतर्फको बजेट चलाउने कार्यालयहरूमा सडक, सिंचाई, शहरी विकास, जिविस आदि विकासे कार्यालयहरू हुन ।
गत आर्थिक वर्षको प्रथम चार महिनामा १८ करोड रुपैया बजेट खर्च भएको थियो । गत आर्थिक वर्षमा मोरङमा पूँजीगत तर्फको बजेट ३ अर्ब ६ करोड थियो । त्यसमध्ये २ अर्ब ५३ करोड ६८ लाख खर्च भएको थियो । विकास बजेटको खर्च कम भएपनि राजस्व संकलन भने गतबर्षको तुलनामा बढि देखिएको छ । मोरङमा चार महिनामा ९ अर्ब ४९ करोड राजस्व संकलन भएको छ । भने गत आर्थिक वर्षको सोही अवधीमा ४ अर्ब ६७ करोड मात्र राजस्व संकलन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर