१३मंसिर, विराटनगर/ मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुुमार गच्छदारले मधेसी मोर्चा र एमालेलाई सहमत गराएर मात्र संविधान संशोधन प्रस्ताव अगाडि बढाउनुुपर्ने बताएका छन् ।
विराटनगरमा सोमवार आयोजित अगुवा पार्टी कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गुर्दै अध्यक्ष गच्छदारले संविधानलाई सर्वस्वीकार्य बनाउन संविधान संशोधन आवश्यक रहेको भन्दै त्यसका लागि मुुख्य दल सहमतिमा आउनुुपर्नेमा जोड दिए ।
कांग्रेस र नेकपा माओवादी केन्द्रले सहमति नगरी संशोधन प्रस्ताव ल्याए त्यो असफल हुुने उनले दाबी गरे । उनले सीमांकनको विवाद मिलाउन आठ प्रदेश उपयुुक्त हुुने बताएका छन् । पूर्वउपप्रधानमन्त्रीसमेत रहेका गच्छदारले १६ बुँुदे सहमतिको जगमा संविधान जारी भएकाले अब आठ प्रदेशले मात्र सबैको भावनालाई सम्बोधन गर्ने दाबी गरेका छन् ।
अध्यक्ष गच्छदारले संविधान संशोधनका विषयमा मधेसी मोर्चा अझै पनि दिग्भ्रमित रहेको बताए । मोर्चाका नेताहरुको फरक–फरक विचारले मधेसी जनतालाई गुुमराहमा पारेको उनले उल्लेख गरेका छन् । गच्छदारले आगामी १४ महिनाभित्र तीनै तहको निर्वाचन हुुने भएकाले निर्वाचनको तयारीमा जुुट्न कार्यकर्तालाई आग्रहसमेत गरेका छन् । तीन दिनसम्म चल्ने प्रशिक्षण कार्यक्रममा जिल्लाका अगुुवा नेता तथा कार्यकर्ताको सहभागिता रहेको छ ।