१२ मंसिर,विराटनगर/ मोरङको कटहरीमा हुदुरधुरा जात्रा आयोजना गरिने भएको छ ।
राजवंशी संस्कृति संरक्षण तथा विकास केन्द्र कटहरीले मंसिर १५ गते जात्रा आयोजना गर्न लागेको हो ।
कार्यक्रममा जातीय पहिरणसहित कटहरीदेखि विराटनगर बजारसम्म वृहत सांस्कृतिक ¥यालिको निकालिने आयोजकले जानकारी दिएको छ । । उक्त ¥यालमा नेवार जातिको लाखे नाच र सन्थाल जातिको नाच समेत सहभागि हुने संस्थाका अध्यक्ष पर्शुराम राजवंशीले जानकारी दिए ।
‘हामार संस्कृति हमार पहिचान’ नारा सहित मंसिर १६ गते बहुभाषिक सांस्कृतिक कार्यक्रम आयोजना गरिने बताइएको छ ।